• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

४४८७ संक्रमीत हुँदा ६०८० जना डिस्चार्ज भए

  • खबरदाता

४४८७ संक्रमीत हुँदा ६०८० जना डिस्चार्ज भए

परिक्षण गरिएका नमूना मध्ये ३० प्रतिशतमा कोरोना

जेष्ठ १५ ,२०७८

चितवन ।सनिवार एकै दिनमा ६०८० जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ३४ हजार ७५० रहेको छ । यो ७८.६ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ४४८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ ।

देश भर १४००६ को पिसिआर परिक्षण गर्दा ४३११ र ७४६ जनाको एन्टिजेन परिक्षण गर्दा १७६ जना गरि कुल ४४८७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १०७ र उपत्यका १० ९१ जना रहेका छन्।

आज चितवनमा ३ सहित थप ११६ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७१६३ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ लाख ११ हजार ५०९ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ८९१ रहेकोछ ।

  • प्रकाशित मिति : जेठ १५, २०७८, शनिवार १०:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८