• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

आज पनि संक्रमीत भन्दा निको हुने धेरै

  • खबरदाता

आज पनि संक्रमीत भन्दा निको हुने धेरै

बिहिवार पनि संक्रमीत भन्दा २८७ जना धेरै निको भए।
जेष्ठ १३ ,२०७८

चितवन । आज एकै दिनमा ७२२६ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख १८ हजार ८२९ रहेको छ । यो ७७.२ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ६९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।

देश भर २०४१४ को पिसिआर परिक्षण गर्दा ६७३१ र ५७८ जनाको एन्टिजेन परिक्षण गर्दा २०८ जना गरि कुल ६९३९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ६५ र उपत्यका २३६५ जना रहेका छन्।

आज चितवनमा २ सहित थप १०६ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६९५१ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या १००९ रहेकोछ ।

  • प्रकाशित मिति : जेठ १३, २०७८, बिहीवार १०:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८