घट्नथाले चितवनमा संक्रमित, आज १२९ जना

  • खबरदाता
  • जेठ १०, २०७८

जेष्ठ १० ,२०७८

चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ५३४ जनाको पिसिआर परिक्षण गर्दा ९६ र १०७ एन्टिजेन परिक्षा गर्दा ३३ जना गरि १२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप १५ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ८८ जना संक्रमीत थपिए भने खैरहनिमा नगरपालिकामा ११ ,माडि नगरपालिकामा ५ ,रत्ननगरमा १२ ,राप्तीमा ९ ,कालिकामा २ र इच्छाकामनामा २ गरि थप १२९ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनका विभिन्न अस्पतालमा २३३ जनाको आइसियुमा , ६० जनाको भेन्टिलेटरमा र ७३ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत ४७४२ जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा उपचाररत रहेका १५ जना मध्ये चितवनका १ ,बारा २ ,लमजुङ १,सिमरा १ ,रुपन्देही ४, कपिलवस्तु १, महोत्तरी १, नवलपरासी १,र रौतहटका ३ जना रहेका छन।

आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा १ र चितवन मेडिकल कलेजमा ७,पुरानो मेडिकल कलेजमा ६ , जना र बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या १९९ पुगेको छ । आज चितवनमा थप ६० जनाले कोरोना जितेका छन।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८