चैबिस घन्टामा ७९८९ संक्रमण मुक्त ,२४६ को मृत्यु

  • खबरदाता
  • जेठ ०५, २०७८

जेष्ठ ५,२०७८

चितवन । आज एकै दिनमा ७९८९ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ६० हजार ४०३ रहेको छ । यो ७५ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ८१७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ४ लाख ८० हजार ४१८ पुगेको छ ।

देश भर २११३९ को पिसिआर परिक्षण गर्दा ८०६४ र ७०८ जनाको एन्टिजेन परिक्षण गर्दा १०९ जना गरि कुल ८१७३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका २३५ र उपत्यका २४८६ जना रहेका छन्।

आज चितवनमा ६ सहित थप २४६ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ५६५७ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ लाख १४ हजार ३५८ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ८५४ छ ।

  • खबरदाता
  • प्रकाशित मिति:जेठ ०५, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८