सोमबार निको ५७६७ , मृत्यु २१४ जना

  • खबरदाता
  • जेठ ०३, २०७८

जेष्ठ ३,२०७८

चितवन । आज एकै दिनमा ५७६७ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ४५ हजार ५२३ रहेको छ । यो ७४ दशमलव ४ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ९२४७जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

देश भर २१६५३ को पिसिआर परिक्षण गर्दा ९१९८ र ४३४ जनाको एन्टिजेन परिक्षण गर्दा ४९ जना गरि कुल ९२४७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका २५४ र उपत्यका २६०९ जना रहेका छन्।

आज चितवनमा १५ सहित थप २१४ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ५२१५ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ लाख १३ हजार ४८० जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ७०८ छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८