एकैदिन ५ हजार बढी संक्रमीत निको भए

  • खबरदाता
  • जेठ ०१, २०७८

जेष्ठ १,२०७८

चितवन । आज एक दिनमा ५४५५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ३३ हजार १०८ रहेको छ । यो ७४ दशमलव ४ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ८१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

देश भर १७९७१ को पिसिआर परिक्षण गर्दा ८०४६ र ५७७ जनाको एन्टिजेन परिक्षण गर्दा १२१ जना गरि कुल ८१६७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १६७ र उपत्यका २९३७ जना रहेका छन्।

आज चितवनमा १३ सहित थप १८७ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४८५६ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ लाख ९ हजार ७४० जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ६७५ छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८