• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

निजी क्षेत्रबाट इटहरीमा अक्सिजनसहितको आइसोलेसन

  • खबरदाता

निजी क्षेत्रबाट इटहरीमा अक्सिजनसहितको आइसोलेसन

 

अमर खड्का
काठमाडौँ
वैशाख  – २८ ,२०७८

इटहरी निजी क्षेत्रबाट इटहरीमा अक्सिजनसहितको ४० बेडको आइसोलेसन तयार गरिने भएको छ। इटहरी वडा नं। १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा उद्योग वाणिज्य संघ इटहरीको अगुवाईंमा अक्सिजनसहितको आइसोलेसन तयार गरिने भएको हो। आइसोलेसन तीन दिनभित्रमा तयार हुनेछ।

उद्योग बाणिज्य संघ इटहरीको नेतृत्व तथा नेपाल प्रेस युनियन सुनसरी र युवा उद्यमी मञ्च सुनसरीको सहकार्यमा सञ्चालन हुने आइसोलेसनमा प्राविधिक रुपमा डाक्टर र नर्ससहितको सुविधा हुनेछ।

पछिल्लो समय इटहरी तथा आसपासका क्षेत्रमा बग्रेल्ती कोरोना संक्रमितका बिरामी भएपछि स्थिती नियन्त्रण बाहिर जान नदिनका लागि निजी क्षेत्रबाट आइसोलेसन तयार गर्न लागिएको उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले बताए। उनका अनुसार संक्रमितलाई खाना र बस्न निःशुल्क हुनेछ। इटहरी उपमहानगरपालिकाले पनि वडा नं। ९ मा रहेको रंगशालामा ५० बेडको आइसोलेसन तयार गरेको जनाएको छ

  • प्रकाशित मिति : वैशाख २८, २०७८, मंगलवार ००:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८