• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवनका थप १४० जनामा कोरोना संक्रमण

  • खबरदाता

चितवनका थप १४० जनामा कोरोना संक्रमण

१८ महिने बालिका सहित

बैशाख २७,२०७८

चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ५९ पुरुष ५१ महिला गरि ११० जना रहेका छन । यस्तै रत्ननगरका २ महिला १ पुरुष ,खैरहनिका २ महिला ५ पुरुष ,कालिकाका ३ महिला १३ पुरुष , माडिका ३ पुरुष र इच्छाकामनाका १ पुरुष समेत गरि चितवनका मात्रै १४० जना रहेका छन।

गैंडाकोटका ९ महिला १२ पुरुष , देबचुलीका १ महिला ,मध्यबिन्दुका १ महिला र कावासोतीका २ पुरुष समेत रहेका छन।

यस्तै गोरखाका ३ पुरुष र १ महिला र रुपन्देहीका ३ पुरुष र १ महिला , कपिलवस्तु , तनहुँ ,पर्सा, धनुषा ,मकवानपुर ,लम्जुङ ,र प्युठानका अन्य १० गरि जमा १८३ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

संक्रमितहरु १८ महिना देखि ८३ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालबाट संकलन गरिएका ३७४ नमूनाको शुक्रवार गरिएको परिक्षणमा १८३ पोजेटिभ र १९१ वटाको रिपोर्ट नेगेटिभ आएको हो ।

  • प्रकाशित मिति : वैशाख २७, २०७८, सोमवार ०९:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८