भरतपुर अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

  • खवरदाता
  • बैशाख २५, २०७८

बैशाख २५,२०७८

चितवन । भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वडा न. ११ नमुना टोल बस्ने बस्ने बर्ष ९४ का एक पुरुष रहेका छन । बैशाख २४ गते उनलाई भरतपुर अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटर सहितको उपचारका क्रममा शुक्रबार राती १:४० बजे उनको निधन भएको हो ।

यस्तै रत्ननगर नगरपालिका १३ जयमंगला बस्ने बर्ष ६२ का एक अर्का पुरुषको पनि उपचारकै क्रममा २४ गते साँझ ५:२० बजे मृत्यु भएको हो । उनी बैशाख ५ गते उपचारको लागि अस्पताल भर्ना भएका थिए। उनको पनि कोभिड आइसियुमा राखी उपचार गरिएको थियो ।

  • खवरदाता
  • प्रकाशित मिति:बैशाख २५, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८