• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

अक्सिजन अभाब हुन नदिने गृह मन्त्रालयको दाबी

  • खबरदाता

अक्सिजन अभाब हुन नदिने गृह मन्त्रालयको दाबी

बैशाख २४,२०७८

गृहम मन्त्रालयले यो महामारीमा अक्सिजन अभाब हुन नदिने जनाएको छ ।

गृह मन्त्रालयले आज एउटा बिज्ञप्ति निकालेर सो कुराको जानकारी गराएको हो । कोभिड(१९ को दोस्रो लहरको संक्रमण दिनानुदिन वृद्धि हुदै गईरहेको सन्दर्भमा यसको व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण बन्दै गएको भन्दै यो महा सत्रुको रुपमा आएकोले सबैले मिलेर यसको सामाना गर्नु पर्ने बताइएको छ।

हालको अवस्थामा कोभिड उपचारको लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति तथा वितरण प्रणालीलाई भरपर्दो एवं विश्‍वसनीय तुल्याउनु जरुरी भएको छ । अक्सिजन अभाव हुन नदिने र यसको आपूर्ति व्यवस्थालाई भरपर्दो तुल्याउने कार्यमा गृह मन्त्रालय अत्यन्त सक्रियताका साथ लागि परेको छ जनाएको छ ।

गृहका प्रबक्ता जनक राज अर्यालले हस्ताक्षर गरिएको बिज्ञप्तिमा भनिएको छ ,यस क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अक्सिजन अभाव हुन नदिन विभिन्‍न उद्योग, आयोजना तथा व्यक्तिका साथमा रहेका अक्सिजन सिलिण्डर जम्मा गर्ने कार्य भइरहेको छ।

यस क्रममा प्रहरी प्रशासनको विशेष सक्रियता तथा कतिपय उद्योग, आयोजनाको स्वतः स्फुर्त प्रयासबाट अक्सिजन सिलिण्डर जम्मा भईरहेका छन ।देश भरमा १८१६ थान अक्सिजन सिलिण्डर संकलन भएको दाबी गरिएको छ ।

साथै उसले यो कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत भनेकोछ ।
देशका बिभिन्न अस्पताल हरुमा अक्सिजन अभाबका कारण धेरैले ज्यान गुमाइरहेका छन। आजै मात्र भक्तपुर स्थिति कौशलटारको भक्तपुर इन्टरनेशनल अस्पतालमा अक्सिजन अभाबका कारण दुई जना संक्रमितले ज्यान गुमाएका छन।

  • प्रकाशित मिति : वैशाख २४, २०७८, शुक्रवार १४:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८