• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

थपिए ९१९६, निको २९०५, मृत्यु ५० जना

  • खबरदाता

थपिए ९१९६, निको २९०५, मृत्यु ५० जना

बैशाख २४,२०७८

चितवन । पछिल्लो २४ घन्टामा २९०५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ९५ हजार ३९५ रहेको छ । यो ७८ दशमलव २ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ९१९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।

देश भर १९९७८ जनाको पिसिआर परिक्षण गर्दा ९०२३ र ४९५ जनाको एन्टिजेन परिक्षण गर्दा १७३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका २२१ र काठमाडौं उपत्यकाका ३९७२ जना रहेका छन्।

आज थप ५० जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३५७९ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ७८ हजार ६२९ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ३८० छ ।

  • प्रकाशित मिति : वैशाख २४, २०७८, शुक्रवार ११:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८