आज पनि नयाँ रेकर्ड, ७ हजार बढी थपिए

  • खबरदाता
  • बैशाख १९, २०७८

वैशाख १९,२०७८

चितवन । पछिल्लो एक दिनमा १६१२ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८३ हजार ९९४ रहेको छ । यो ८४ दशमलव ५ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

देश भर १६१४७ जनाको पिसिआर परिक्षण गर्दा ७१३७ र ६२३ जनाको एन्टिजेन परिक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ७८ र काठमाडौं उपत्यकाका ३५९५ जना रहेका छन्।

यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो ।

आज थप २७ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ३२५ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ४८ हजार ८१२ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ६७ छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८