भरतपुरका २५ सहित ३५ संक्रमीत थपिए

  • खबरदाता
  • बैशाख १४, २०७८

बैशाख १४,२०७८

चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका १८ पुरुष र ७ महिला गरि २५ जना रहेका छन । यस्तै माडिका १ पुरुष , नवलपरासीका १ र तनहुँका १ महिला ,गोरखाका १ पुरुष ,दाङका २ पुरुष र १ महिला ,बाराका २ महिला र पर्साका १ पुरुष गरि जमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

संक्रमितहरु २३ देखि ७९ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालबाट संकलन गरिएका नमूनाको सोमबार परिक्षण गरिएका १११ वटा नमूना मध्ये ७६ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ३५ वटाको पोजेटिभ रिपोर्ट आएको हो ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८