चितवनका ७८ सहित ३५५६ संक्रमित थपिए

  • खबरदाता
  • बैशाख १३, २०७८

 

वैशाख १३,२०७८

चितवन । पछिल्लो २४ घन्टामा ३७८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७७ हजार ९५१ रहेको छ । यो ९२ दशमलव ५ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।

देश भर १२४०० जनाको पिसिआर परिक्षण गर्दा ३४४२ र ८९३ जनाको एन्टिजेन परिक्षण गर्दा ११४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ७८ र काठमाडौंका १५६७ जना रहेका छन्।

आज थप १२ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार १७६ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर २२ हजार ४३४ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ६५ छ ।
हालसम्म नेपालमा २० लाख ६ हजार ४३६ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाईसकेका छन्।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८