• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

प्रधानमन्त्री ज्यु ,सकिए तपाईंका शिलान्यास र उद्घाटन ?


प्रधानमन्त्री ज्यु ,सकिए तपाईंका शिलान्यास र उद्घाटन ?

बैशाख १२,२०७८- केपी शर्मा

कोरोनाको दोस्रो लहरले देश आक्रान्त बनेको छ । कोरोना रोकथाममा सरकार उदासिन छ । सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले कत्ती समय पनि फुर्सद छैन । उनी बालुवाटारमा मन्त्रीहरुलाई बोलाउछन र निर्णय गर्छन कोरोना रोकथाम बारे। मन्त्रीपरिषदका प्रबक्ताले बैठक सकेर बिर्फिङ गर्छन , सामाजिक दुरि पालना गर्नुपर्ने , सार्बजनिक स्थानहरुमा २५ जना भन्दा बढी भेला हुन नपाउने ,मास्कको प्रयोग गर्ने , यातायात , कर्मचारी , स्कुल ,कलेज आदि आदि।

आदेस दिएको केहि समयमै प्रधानमन्त्रीकै पार्टीका सयौं कार्याकर्ता हुलका हुल बालुवाटार प्रवेश गर्छन र सुरु हुन्छ बैठक । केहि समय अघिको आफ्नो निर्णयलाई प्रधानमन्त्रीले त्यतीबेलै लात मार्छन।

सनिवार पनि प्रधानमन्त्रीले धरहरा उद्घाटन गर्ने नाममा जनस्वास्थको गम्भीर उलंघन गरेका छन। उनले तामझामका साथ सयौंको संख्यामा सर्बसाधाण भेला गरेर घन्टौ लगाएर कार्याक्रम गरे।
केहि दिन अधि पनि प्रधानमन्त्रीको सक्रियतामा बडा तामझामका साथ हजारौको संख्यामा सर्बसाधारण उरालेर चितवनको माडिमा सितारामको मुर्ति स्थापना गर्न लगाएका थिए ।

प्रधानमन्त्रीबाटै जनस्वास्थ्य मापदण्ड पालना नगरेको विषयमा सामाजिक सञ्जालहरुमा तीव्र आलोचना पनि भयो र भइरहेको छ । धरहरा उद्घाटन समारोह तामझामका साथ सञ्चालन भएपछि सर्वसाधारणहरुको पनि घुइँचो लागेको थियो। भित्र प्रधानमन्त्रीले जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्ने र बाहिर सोही समारोह परैबाट हेर्न आएका सर्वसाधारणको भिडले संक्रमणको जोखिम बढाएको थियो।

सनिवार जब उनले तामझामका साथ धरहरा उद्घाटन गरेर सके तब उनले कोरोनालाई सम्झे। भीडभाडका साथ धरहराको उदघाटन गरेर बालुवाटार फर्केका प्रधानमन्त्रीले अपरान्ह कोरानाको जोखिम कसरी नियन्त्रण गर्ने भन्ने उपायको खोजीमा लागे ।

उनले बालुवाटारमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित ८ मन्त्री, १२ जना सचिव, सुरक्षा अंगका प्रमुखहरु र अन्य केही कर्मचारीको संलग्नतामा एउटा बैठक समेत बसाले । बैठक कोरोनाको बढ्दो जोखिमबारे ब्रिफिङका लागि आयोजना गरिएको थियो ।

बैठकमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का निर्देशक समितिमा आवद्ध मन्त्री तथा सचिवहरुको समेत सहभागिता थियो । त्यहाँ कोरोनाको जोखिम, यसमा भइरहेका प्रयासहरु, सरकारले भोगिरहनुपरेका समस्याबारे कर्मचारीहरुले आफ्ना कुराहरु समेत राखे। मन्त्रीपरिषदको आदेश पालना नभएको भन्दै उनले असन्तुष्ट समेत जनाए।

अब सरकारले कडाइका साथ आदेश पालना गराउने छ । कसैले आदेस पालना नगरे लकडाउन गर्ने सम्मको चेतावनी आएको छ ।

सायद प्रधानमन्त्रीले गर्ने शिलान्यास र उद्घाटन सकिएजस्तो छ अब । किनकि सरकारले बैशाख ६ गते जारी गरेको आदेश कतैबाट पनि पालना नभएकोमा पिरलो मानेको छ । आज बल्ल उसले कलेजका विद्यार्थीहरु पनि सडकमै देखेछ । सार्वजनिक यातायात र फुटपाथको भीडभाड पनि पहिलेको जस्तै देखेछ । त्यतीमात्र कहाँ हो र कार्यालयहरुमा कर्मचारी नघटेको , जात्रा र कार्यक्रमहरुमा भीडभाड , सिमानामा होल्डिङ सेन्टरहरु बनाउने भने पनि आवतजावत अनियन्त्रित भएको ,अस्पतालहरुमा बेड र स्वास्थ्य सामग्रीको अभाव हुन थालेको । सबैतिर लठिभद्र स्थित भएको।

जे होस ढिलै भएपनि दोस्रो लहरको कोरोना समुदायमा फैलिरहेको बेला यति व्यस्त प्रधानमन्त्रीले सक्रिएता देखाउनुले अब उनका शिलान्यास र उद्घाटन सकिएको अनुमान लगाउन सकिन्छ ।

  • प्रकाशित मिति : वैशाख १२, २०७८, आइतवार ०१:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८