• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

थप ५३४ मा कोरोना, ५ जनाको मृत्यु

  • खबरदाता

थप ५३४ मा कोरोना, ५ जनाको मृत्यु

बैशाख २ ,२०७८

चितवन । सरकारी तथ्यांक अनुसार आज १५७ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७४ हजार ६०४ रहेको छ । यो ९७।४ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जस मध्ये चितवनका ३ जना रहेका छन। योसंगै संक्रमितको कुल संख्या २ लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देश भर ३ हजार ५८८ जनाको पिसिआर परिक्षण गर्दा ४९० र ५६४ जनाको एन्टिजेन परिक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ५ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ६६ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ३८४ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ६८ छ ।

  • प्रकाशित मिति : वैशाख २, २०७८, बिहीवार ११:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८