एकैदिन ६०३ जना संक्रमीत थपिए

  • खबरदाता
  • बैशाख ०१, २०७८

चितवनमा १८ र उपत्यकामा २५४ जना थपिए ।

बैशाख १ ,२०७८

चितवन । सरकारी तथ्यांक अनुसार आज १२९ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७४ हजार ४४७ रहेको छ । यो ९७।५ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप ६०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जस मध्ये चितवनका १८ जना रहेका छन। योसंगै संक्रमितको कुल संख्या २ लाख ८१ हजार ५६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देश भर ४ हजार २८९ जनाको पिसिआर परिक्षण गर्दा ५८० र ४५१ जनाको एन्टिजेन परिक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ३ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ६१ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ५६ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ७९ छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८