कोरोनाबाट चितवनमा एक पुरुषको मृत्यु

  • खबरदाता
  • चैत ३१, २०७७

चैत्र ३१, २०७७

चितवनमा एक जना कोरोना संक्रमीतको मृत्यु भएको छ । महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।

निमोनिया, मधुमेह र रक्तचापका बिरामी उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल भर्ना भएका थिए । सोही दिन नमूना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा राखेर उपचार गर्दागर्दै मंगलबार बिहान उनको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए।

जिल्लामा हालसम्म ६ हजार ९७९ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले जिल्लामा ६८ जना सक्रिय सङ्क्रमित छन् । तीमध्ये सात अस्पतालमा र ६१ जना होम आइसोलेशनमा छन् ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८