५५९ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

  • खवरदाता
  • चैत ३०, २०७७

चैत्र ३० ,२०७७

चितवन । सरकारी तथ्यांक अनुसार आज १३८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७४ हजार १६५ रहेको छ । यो ९७.७ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जस मध्ये काठमाडौंमा १५९ र ललितपुरमा मात्रै ४४ जना थपिए । योसंगै संक्रमितको कुल संख्या २ लाख ८० हजार ५२४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देश भर ४ हजार ३७८ जनाको पिसिआर परिक्षण गर्दा ४९६ र ७ सय २७ जनाको एन्टिजेन परिक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप १३ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ५३ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ३ हजार ३०६ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ८५ छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८