स्व.बिजय खड्गी स्मृति गोल्डकपको फाइनलमा क्यामरुन र आर्मी भिड्ने

  • खबरदाता
  • चैत १९, २०७७

चैत्र १९,२०७७

चितवन – अफ्रिकन रुट्स एसोसिएसन (एआरए) क्यामरुन चितवनमा जारी सेन्ट्रल कलेज स्व।बिजय खड्गी स्मृति गोल्डकप फुटबलु को फाइनलमा प्रवेश गरेको छ । आज भेएको दोस्रो सेमिफाइनल खेलमा बागमती युवा क्लब सर्लाहीलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै एआरए क्यामरुनले फाइनलमा स्थान पक्का गरेको हो ।

जारी प्रतियोगितामा क्यामरुनले खेलका तिनै खेल टाइब्रेकरमा जितेको छ । यस अघि दुई खेल पनि क्यामरुनले टाइब्रेकरमा नै जितेको थियो । टाइब्रेकरमा बागमतीका बिक्रम धमालको प्रहार क्यामरुनका गोलरक्षकले रोके भने जाजाको प्रहार फ्रेमभन्दा बाहिर गयो ।

त्यस अघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको ११ औं मिनेटमा जिमीले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा सर्लाहीले बराबरी गोल फर्कायो । दोस्रो हाफको तेस्रो मिनेटमा म्याक्सवेलले बराबरी गोल गरे । खेलको म्यान अफ दि म्याच क्यामरुनका जिमी घोषित भए ।

क्यामरुनले अब उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीको सामना गर्नेछ । यस अघि पहिलो सेमिफाइनल खेलमा नुवाकोट युनाइटेड क्लबलाई टाइब्रेकरमा हराउदै आर्मी फाइनलमा प्रवेश गरिसकेको छ ।

फाइनल खेल शनिबार दिउँसो ३ बजे हुने आयोजक चितवन जिल्ला फुटबल संघले जानकारी दिएको छ ।

  • खबरदाता
  • प्रकाशित मिति:चैत १९, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८