आज अफ्रिकनसँग भरतपुरको हानामी भिड्दै

  • चैत १७, २०७७

चैत १७, २०७७
चितवन । यही चैत १२ गतेदेखि सुरु भएको सेन्ट्रल कलेज स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ ।

दिउसो तीन बजे हुने खेलमा अफ्रिकन रूट्स एसोसिएसन क्यामरुन र हानामी एभरेष्ट क्लब भरतपुरबीच प्रतिस्पर्धा हुने भएको हो । नारायणगढको क्याम्पा चौरमा हुने खेल दिउसो ३ बजे सुरु हुनेछ ।
हानामीको पहिलो खेल हुने छ भने क्यारुनले चाहि यस अघि अभिषेक चर्च रजहरलाई टाइब्रेकरमा ५–४ ले हराउँदै भिडन्त पक्का गरेको मिडिया कोअर्डिनेटर रामहरी सेढाईले जानकारी दिए ।

सोमबार भएको खेलमा भने दुई पटकको अग्रता जोगाउन नसक्दा लेखनाथ युनाइटेड कास्की पराजित भएको थियो । बागमती युवा क्लब सर्लाहीसँग टाइब्रेकरमा ४–३ ले पराजित निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

खेलमा अग्रता भने लेखनाथले लिएको थियो । दोस्रो हाफको पहिलो मिनेटमा नै कुलदीप कार्कीले लेखनाथलाई अग्रता दिलाएका थिए । रुपक लामाको फ्री किक बागमतीका गोलरक्षकले रोक्ने क्रममा भएको रिबाउण्डमा कार्कीले गोल गरेका थिए ।

दोस्रो हाफको १७ औं मिनेटमा बागमती खेलमा फर्कियो । स्टेफनको पासमा म्याक्सवलले गोल गर्दै खेलमा २–२ को बराबरी गरे । २५ औं मिनेटमा लेखनाथले फेरी अग्रता लियो । फोफोनाले गोल गर्दै लेखनाथलाई २–१ को अग्रता दिलाए । लगत्तै २८ औं मिनेटमा स्टेफनले गोल गरेपछि बागमती २–२ को बराबरी गर्न सफल भयो ।

जितसँगै बागमती प्रतियोगिताकोे सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ दि म्याच बागमतीमा स्टेफन घोषित भए ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको बिजेताले ३ लाख तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः k[email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८