पुर्वकप्तान बिराजको बिदाइ

  • खबरदाता
  • चैत १७, २०७७

चैत्र १७,२०७७

रक्षक बिराज महर्जनले अन्ताराष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । सोमबार दशरथ रङ्गशालामा थ्री नेसन्स कपको फाइनलमा बङ्गलादेशसँग उनले खेल जीवनको अन्तिम अन्तर्राष्ट्रिय खेल खेले ।

उनको अन्तिम खेलमा नेपालले २–१ को जित हात पार्दै उपाधि हात पारेको थियो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरे ।

नेपाली राष्ट्रिय टोलीको नेतृत्व समेत गरिसकेका बिराज नेपाली फुटबलमा सरल र अनुशासनको प्यार्र समेत मानिन्थे।
सन्जोग फाइनल खेलका म्यान अफ द म्याच घोषित भए भने रोहित चन्द प्रतियोगिताका उत्कृष्ट खेलाडी भए।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८