• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

दोस्रो खेलमा इंग्ल्यान्डको जित

  • खबरदाता

दोस्रो खेलमा इंग्ल्यान्डको जित

चैत्र २,२०७७

इंग्ल्यान्डविरूद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा भारतले जित हात पारेको छ । अहमदाबादमा आइतबार राति भएको खेलमा भारतले इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १७ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो।

भारतको जितमा डेब्यु गरिरहेका इशान किशन र कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले ।
पहिलो खेलमै अर्ध शतक बनाएका किशनले ३२ बलमा ५ चौका र ४ छक्कासहित ५६ रन बनाए । व्यक्तिगत ४० रन हुँदा उनले एक पटक जीवनदान पाएका थिए । कप्तान कोहली ७३ रनमा अविजित रहे । उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै ऋषभ पन्तले २६ रन जोड्दा केएल राहुल शून्य रनमा आउट भए । श्रेयस एयरले अविजित ८ रन बनाए ।
इंग्ल्यान्डका साम करण, आदील राशिद र क्रिस जोर्डनले १-१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
इंग्ल्यान्डका जासन रोयले सर्वाधिक ४८ रन बनाए । कप्तान इयान मोर्गन २८ रनमा आउट भए । बेन स्टोक्स र डाविड मालनले समान २४-२४ रन बनाउँदा जोनी बेयर्स्टोले २० रन बनाए ।
भारतका सार्दुल ठाकुर र वासिङ्गटन सुन्दरले २-२ विकेट लिए । युजभेन्द्र चाहल र भुवनेश्वर कुमारले १-१ विकेट लिए ।
भारतको जितसँगै ५ खेलको सिरिजमा १–१ को अवस्था रहेको छ ।

  • प्रकाशित मिति : चैत २, २०७७, सोमवार ०१:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८