नेपाल कम्युनिष्ट पार्टीको मुद्दा : सर्बोच्चको निर्णय र निष्कर्श

  • फागुन २८, २०७७

फागुन २८,२०७७ —लोकनारायण सुबेदी

बिश्व कम्युनिष्ट आन्दोलनलाई सार्थक र जीबन्तरुपमा चरितार्थ गर्ने महान माक्र्सबादी चिन्तक तथा प्रणेता लेनिनले उग्रबामपन्थीहरु अन्ततोगत्वा दक्षिणपन्थमा पत्तन हुन पुग्दछन् भन्ने महत्वपूर्ण कुरा आफ्नो ‘उग्रबादी कम्युनिज्म एक बालरोग’ भन्ने बिश्व प्रसिद्ध रचना-१९२० मा प्रष्ट पारेका थिए । नेपालको कम्युनिष्ट आन्दोलनको परिप्रेक्षमा यो कुरा चरितार्थ हुँदै आएको छ ।

आन्दोलनलाई सुधारको घेरामा मात्र सीमित राख्ने दक्षिणपन्थी अबसरबाद यो आन्दोलनको पहिलो दशकदेखिनै देखापरेको भए पनि सुस्पष्ट दृष्टिकोण र सुझबुझ भएका दूरदर्शी नेता कमरेड पुष्पलालको सशक्त उपस्थितिमा यसको शुरुदेखिनै पर्दाफास र उजागर हुँदै आएको हुँदा यसले सोचेजस्तो किसिमले टाउको उठाउन सकेन । यो निष्कृय र मन्द रह्यो । तर उग्रपन्थको आबरणमा घुमेर आउने दक्षिणपन्थी अबसरबादी ‘बाल ब्याधी’ भने पटक पटक चरितार्थ हुँदै आएको छ र भइरहेको छ । खाशगरी नेपालको कम्युनिष्ट आन्दोलनको पहिलो दशकले दक्षिणपन्थी अबसरबाद बिरुद्ध खडा हुनु परेको थियो भने दोश्रो दशकको मध्यदेखियता बिभिन्न रुपरंगका आबरणमा उग्रबामपन्थ तर सारमा दक्षिणपन्थको बिरुद्ध संघर्ष गर्नु परेको थियो र परिरहेको छ ।

अहिले पछिल्लो राजनीतिक परिघटनाका सन्दर्भमा एमाले बृत्तका चर्चित यूवा नेता पूर्ब राजदूत टंक कार्कीले प्रष्टरुपमा लेखेका छन् –‘‘एमाले र माओवादी नेतृत्व शासन कलामा बचकना रहेको यथार्थ नेकपा अभ्यासका अनुभवहरु स्वयम् साक्षी छन् । राजनीतिमा मूल्य र सामाजिक मिशन भन्दा नेतृत्वको अहम र तृष्णा ठूलो बनाइदा यत्रो आन्दोलन कसरी अस्तव्यस्त, परस्परमा द्वेषपूर्ण र विनासको डिलमा पुर्याइदो रहेछ भनेर जान्न अन्यत्र जानु परेन ।

निर्णय क्षमताको कच्चापन पनि उदाङ्गो भएको छ । यस कमीका निम्ति यसमा गाँसिएका हामी हर कोहीले कहीं न कतै जिम्मेवारी लिनै पर्दछ । अब यस आन्दोलनको पुनरुत्थानको निम्ति यसको अध्योपान्त र समग्र आत्म समीक्षा जरुरी भएको छ । लगभग २/३ बहुमतका साथ ‘‘शासन’’को निम्ति प्राप्त अवसर धोखाधडीको रुपमा महशुस हुनु आन्दोलनको स्वास्थ्यको निम्ति कदापि राम्रो होइन, जसका असर पछिसम्म र व्यापक हुने छन् ।

आन्दोलनको ध्येयसंग संगति न राख्ने चुनाव देखि चुनाव सम्मको लत, वैचारिक स्खलन तथा असंगत संरचना, संस्था र संस्कृतिमा व्यापक सुधार न भई यस आन्दोलनको पुनर्ताजगि दृष्टिगोचर भई रहेको छैन । एमाले – माओवादी एकता प्रक्रिया वैधानिक रुपमा काँचो धागोले सिलाएको तथ्य पनि सर्वोच्च अदालतको निर्णयले,भलै सिमा नाघेर गरेको भए पनि, खुलस्त भएको छ । यस आन्दोलनमा देखापरेका चुनौती सामान्य र तात्कालिक मात्रै मान्ने भूल गरिनु हुँदैन र यो भूल पनि गरिनु हुँदैन कि यस आन्दोलनले विद्यमान चुनौतीलाई सामना गर्ने क्षमता गुमाई सक्यो । ढिलो चाडो सामुहिक नेतृत्व र सुझबुझबाट यो आन्दोलन पुनः बौरिने छ । हाललाई एकता बिथोलिएको भए पनि एकता हाम्रो जमानाको मूल प्रवृत्ति हो भन्ने कुरालाई हेक्का राख्नु पर्छ ।’’

सर्बोच्च अदालतले नामै खारेज गरिदिएको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी९नेकपा०को बर्तमान बिचल्लीको जुन तस्वीर टंक कार्कीले यो आफ्नो स्टाटसमा दर्शाएका छन् त्यसले शासन कलामा मात्रै होइन, आफैले बनाएको संबिधान, कानुन र बिधि बिधान पालन गर्नुपर्ने र गराउनु पर्ने कुरामा समेत यो पार्टी बाल ब्याधीबाटै आक्रान्त हुँदै आएको र भइरहेको देखिन्छ । हिजोको पृष्ठभूमि पनि योभन्दा भिन्न थिएन । उदाहरणका लागि तीसको दशकयता जन्मिएका यी पार्टीहरुको पृष्ठभूमि, दस्तावेजहरु र कृयाकलापहरु हेर्दा र केलाउँदा प्रष्ट हुन्छ ।

अहिले पछिल्लो समय एकीकृत हुने क्रममा सत्ताको आडमा अरुले पहिले नै दर्ता गरिसकेको नेपाल कम्युनिष्ट पार्टीलाई जबर्जस्ती आफ्नो नाउमा दर्ता गराउने बाल हठधर्मीताको स्वभाविक दुष्परिणाम आज देखापरेको छ । यद्यपि सत्ताधारी पार्टीकै नाम खारेजीबाट उत्पन्न हुनसक्ने रिक्तता, अन्यौल र अराजकताबाट देशलाई बचाउन अदालतले एमाले र माओबादी केन्द्रलाई पूर्ब स्थितिमा फर्किने जुन बाटो देखाउने जिम्मेवारीपूर्ण निर्णय समेत गरेको छ त्यसलाई ‘न्यायिक सक्रियता’को संज्ञा दिएर उचित बिकल्प बिनाको एउटा हो–हल्ला राजनीतक खतपका निम्ति समाजमा चलाइएको छ । लागु हुन नसक्ने निर्णय भन्दाभन्दै पनि एकीकृत भएका दुइ पार्टी छुट्टिएर अब आ–आफ्नो घर फर्कने निर्णय गर्दै पूर्बबत स्थितिमा पुगिसकेका छन् र अदालतको निर्णय लागु गरिरहेको या गरिसकेको हवाला दिइरहेका छन् । त्यसैले पनि सर्बोच्चले अपहरित नाम फिर्ता गर्ने न्यायिक फैसला गर्नुकासाथै अराजकता र अन्यौलबाट देशलाई र प्रकारान्तरले पुनः असफलताको स्थितिबाट गुज्रदै गएको संसदीय पद्धतिलाई बचाउने बाटो खोलेको छ त्यसलाई संसदीय राजनीतिमा खलिखाएका जो कसै खेलाडीले पनि सहजै बुझ्न सक्तछ ।

जहाँसम्म नेपाल कम्युनिष्ट पार्टीको प्रश्न छ यो कमरेड पुष्पलालको पहलकदमी र नेतृत्वमा १५ सेप्टेम्बर १९४९ मा स्थापित भएको, नयाँजनबादी कार्यक्रम, संयुक्त जन आन्दोलन र दीर्घ कालीन सशस्त्र कृषि क्रान्तिको कार्यदिशा बोकेको तथा त्यसको निम्ति बामपथी एकता, संयुक्त मोर्चा जस्ता आन्दोनलका आवश्यक र उपयुक्त साधनहरु प्रष्टरुपमा अघि सार्दै र तिनको बस्तुगत आधारमा कृयान्वयन गर्दै आएको तथा राष्ट्रियता र जनतन्त्रको सवालमा पनि ‘लाखौ लाख झोपडीको एकता नै नेपालको बर्तमान सन्दर्भमा राष्ट्रियता हो र तिनै झोपडीको हक हित नै जनबाद हो’ प्रष्ट बर्गीय दृष्टिकोण प्रस्तुत गर्दै आएको पार्टी हो ।

यसले नेता होइन, नीति प्रधान हुन्छ । नेताहरु त मञ्चमा आउँछन्, जान्छन् तर सही नीति हमेशा कायम रहन्छ भन्ने मान्यतालाई अंगीकार गर्दछ र राजनीतिलाई जालझेलको खेल नमानेर ‘ठोस बस्तुस्थितिको आधारमा बर्गीय बिश्लेषणको निचोड’ मान्दछ । यसै आधारमा बर्तमान अर्ध सामन्ती र अर्ध तथा नबऔपानिबेशि बर्गीय राज्यसत्तालाई नयाँ जनबादी क्रान्ति९सामन्तबाद र बैदेशिक हस्तक्षेपबाट मुक्तिको आन्दोलन सफल पार्ने क्रान्ति०द्वारा बिस्थापित गरेर बैज्ञानिक समाजबादमा जाने बृहत्तर उदेश्य राख्दछ । यसै गहनतम उदेयका निमित्त जनतालाई सचेत बनाउने, संगठित गर्ने र संघर्षशील तुल्याउने आफ्नो सर्बोपरी महत्वको दायित्व मान्दछ । कुर्सीका लागि यथास्थितिमा लटपटिन मरिहत्ते गर्ने कुरा बिल्कुलै होइन ।

प्रष्ट छ, जनता र देशप्रतिको गहनतम र आमूल परिबर्तनकारी यो दायित्वपूर्ण जिम्मेवारीको बोध नभएका कुनै पनि पार्टीले आफ्नो नाम कम्युनिष्ट पार्टी राख्नुको कुनै औचित्य र उपादेयता छैन र रहँदैन । त्यसो गर्नु जनता र देशलाई फेरि पनि धोका दिनु र सीमित तथा संकीर्ण स्वार्थ सिद्ध गर्नका लागि जनप्रिय कम्युनिष्ट पार्टीको नाम – ट्यागलाई भजाउनु मात्र ठहरिन्छ । त्यसमा अझ थप कम्युनिष्ट आन्दोलनका उतार चढावको साक्षी रहेका बिगतको आफ्नो पृष्ठभूमि, क्रियाकलाप, दस्ताबेजहरु सबै कुरालाई एकातिर पञ्छाएर र तिनप्रति गम्भीर समीक्षा र आत्म अलोचनासम्म पनि नगरी कुनै जनप्रिय पार्टीको नाम एकाएक जबर्जस्ती समात्नुले सन्देह पैदा गरेको थियो र गर्दछ नै ।एमाले र माकेको हिजोको एकताको हकमा पनि त्यसै भएको हो ।

अन्यथा सही अर्थमा क्रान्तिकारी कम्युनिष्ट एकताको खोजी गर्नु स्वयंमा कुनै नराम्रो कुरा होइन र हुन पनि सक्तैन पनि । शर्त के मात्रै छ भने देश र शोषित पीडित श्रमजीबी जनताप्रति उच्च निष्ठाकासा आचरण, अभ्यास, चिन्तन, चरित्र र सार्थक समर्पण अनिबार्य तत्व हुन् सही कम्युनिष्ट आन्दोलनका । यी महत्वपूर्ण तत्वहरुबाट बिमुख रहेका कसैले पनि क्रान्तिकारीताको स्वाङ गर्नु एउटा सस्तो पाखण्ड र आडम्बर मात्र हो । यस कुरामा शायद कसैको दुइ राय हुँदैन होला ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८