चितवनका ७६ स्थानबाट आइतबार देखि दोस्रो चरणको खोप

  • खबरदाता
  • फागुन २१, २०७७

फागुन २१,२०७७

आगामी २३ गते आइतबारदेखि चितवन जिल्लामा दोस्रो चरणको खोप लगाउन सुरु गरिदैछ ।

२३ गते देखि चितवन जिल्लाका सबै स्थानिय तहमा कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियानको तयारी पूरा भएको जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए।

६५ बर्ष उमेर माथिका जेष्ठ नागरिकलाई दोस्रो चरण अन्तर्गत खोप लगाउन लागिएको हो।
चितवन जिल्लाका सबै स्थानीयतहका ७६ खोप केन्द्रबाट खोप लगाइने तिवारीले जानकारी दिए। जिल्लाको भरतपुर महानगरपालिका भित्रका २६ स्थानबाट खोप लगाउने ब्यबस्था मिलाइएको छ । त्यस्तै खैरेनी नगरपालिका भित्र ५ स्थानबाट ,राप्ती नगरपालिकामा १४ स्थान ,माडिमा १० स्थान ,कालिकामा ४ स्थान ,रत्ननगरमा ८ स्थान र इच्छाकामना गाउँपालिका भित्र ९ समेत गरि ७६ स्थानबाट खोप सेवा दिने तयारी पूरा भएको हो।

दोस्रो चरणको अभियानमा ५५ बर्ष भन्दा माथिका र जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने भनिए पनि अन्तिममा ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई मात्र लगाउने भइएको छ।
सरकारले माग गरे बमोजिमको खोप परिमाण नआइपुगेकोले गर्दा सरकारले अन्तिममा आएर उमेर समुह ६५ बर्षमाथी तोकेको हो।

खोप लगाउन जिल्लामा २५१ स्वास्थ्यकर्मी र २२८ जना स्वयमसेकलाई खटाइ सकिएको तिवारीले जनाए । चितवनमा अहिले २७ हजार डोज खोप आइसकेको छ ।

तोकिएको उमेर समुहका जो कोहिले पनि उमेर खुल्ने परिचपत्रका आधारमा खोप लगाउन पाउने छन।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८