• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

तनहुँ दमलौकी बिमलाको साङ्गीतिक यात्रा

  • खबरदाता

तनहुँ दमलौकी बिमलाको साङ्गीतिक यात्रा

पौष २८,२०७७

प्रवेश प्रतिभा जन्मजात हो , निखारिनका लागि गरिने मेहनत फरक हो ।
तनहुँ दमौलीकी विमला परियारले घरबाटै सङ्गीत सिकिन् । त्यहि सिकाइको क्रम बढ्दै गएर लोक गीत र आधुनिक गीतसम्म प्रभाव पार्न सफल भइन। स्कुल, क्लब गाउँ ,गोठ र गोठाला देखि सुरु भएको यो यात्रा नेपालका चर्चित सङ्गीतकार महेश खड्का र वसन्त सापकोटाको गीतसम्म पुग्न सफल भयो।

यस क्रममा उनले तीन दर्जन भन्दा बढी गीत र तीन सय भन्दा बढीमा कोरस दिइसकेकी छिन् । बाल्यकालको साङ्गीतिक पृष्ठभूमि सम्झँदै उनी भन्छिन्, “आमाले गुनगुनाउँदै गर्दा मैले सिके । यस्तै यस्तैमा उहाँले नै रेडियो नेपालमा गीत गाउन काठमाडौँ ल्याउने सोच बनाउनु भएछ । तर, हजुरबा र हजुरआमाले यो कुरा मान्नु भएन । अहिले लाग्छ सानैमा काठमाडौँ आउन पाएको भए म अलि छिटो नै साङ्गीतिक दुनियाँमा प्रवेश गर्ने रहेछु । ”

सानै देखि साङ्गीतिक वातावरणमा हुर्केकी उनको घरजम पनि साङ्गीतिक वातावरणमै जीवन बिताएका विक्रम परियारसँग भयो । विगतका स्मरणीय ती दिन सम्झँदै उनी भन्छिन्,“ श्रीमान् हार्मोनियम बजाउनु हुन्थ्यो । अनि म अरुणा लामाको गीत गाउँथेँ । ”पछि श्रीमानको प्रेरणाले आर।आर। कलेजमा सङ्गीत विषय अध्ययन गर्न थाले पछि उनको साङ्गीतिक यात्रा अझ अघि बढेको हो ।आर।आर। कलेजबाटै उनले सङ्गीतमा स्नातक तह पुरा गरिन् । यो क्रम अघि बढ्दै थियो ।

श्रीमानसँगै उनको युगल गीत गाउने क्रमको सुरुवात भयो । नेपाल शिक्षक सङ्घको गीत उनले श्रीमान् सँगै मिलेर गाइन् । यसपछि उनले “ लाग्छ आफ्नै पराइ ” भन्ने बोलको गित रेकर्ड गराइन। यो उनको पहिलो रेकर्ड थियो। पहिलो पटक आफ्नै श्रीमानसँग गीत गाएकी उनको साङ्गीतिक यात्रा नेपाल शिक्षक सङ्घको औपचारिक कार्यक्रममा गीत गाउने बाट सुरुवात भयो । उनले अहिले धेरै गीत गाई सकिन् । तर, श्रीमानसँग दुई वटा मात्र गीत रेकर्ड गराइन् । स्टेजमा भने श्रीमानसँग धेरै वटा गीत उनले गाइन् ।

 

उनलाई आफ्नो श्रीमानसँग गाएको सालैजु भाका अहिले पनि उनि आफैलाई औधी मन पर्छ । दुई वर्ष अघि उनले पाँच वटा लोक तथा आधुनिक गीत गाएको ध्रुव तारा एल्बमले बजारमा राम्रो प्रभाव जमाउन सफल भयो । दुई वर्ष अघि नै वसन्तको सङ्गीतमा गीत गाएकी उनले यसै वर्ष महेश खड्काको सङ्गीतमा पनि गाउने अवसर पाइन् ।

जीवनको यो आरोह र अवरोहमा उनका अनेकन् कथा छन् दुस्ख र सुखका । यी सवैका बिचमा सङ्गीत पेसा मात्र होइन मन बहलाउने बाटो पनि बनेको छ । यसैमा निरन्तर अभ्यास र मेहनतले अझ माथिल्लो उचाइ छुने अभिलासा उनको अझै कायमै छ । विगतका उनका केही मिठा सम्झना छन् । श्रीमान् विक्रम हार्मोनियम बजाउँथे । विमला गीत गाउँथिन्, कहिले अरुणा लामाको त कहिले तारादेवीको ।

दिलमाया खातीको नसकी खप्न बिछोडको पिडा बोलको गित उनि प्राय घरमा गाउने गर्थिन् । त्यो मात्र हैन अरुणा लामाको सदाबहार त्यो कालजयी गीत,“ हे कान्छो ठट्टैमा यो बैँस जान लाग्यो ”पनि उनको मन पर्ने गित थियो। घरमा गीत गाउन सिक्दै श्रीमानसँग यो गीत गाउने उनले प्रकृतिको सबैभन्दा कटु सत्यलाई स्वीकारेकी छिन् । तथापि विक्रमको याद गर्दै नेपाली सङ्गीतमा निरन्तर समर्पित छिन् ।

  • प्रकाशित मिति : पुस २८, २०७७, मंगलवार ०१:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८