• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

भारतले दियो विद्यालयको पुनर्निर्माण गर्न ३० करोड

  • खबरदाता

भारतले दियो विद्यालयको पुनर्निर्माण गर्न ३० करोड

पौष २२,२०७७
काठमाडौ । भारतले भूकम्पले क्षती पुर्याएका नेपालका विद्यालयको पुनर्निर्माण गर्न ३० करोड ६० लाख दिएको छ ।

भारतीय राजदूतावासका नियोग उप–प्रमुखद्वारा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई भूकम्प प्रभावित विद्यालयको पुनर्निर्माणका लागि उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

नेपाल स्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई भारत सरकारको सहयोगमा निर्माण भइरहेका विभिन्न पुनर्निर्माण परियोजनाबारे छलफल गर्दै उक्त सहयोग हस्तान्तरण गरे।

सो सहयोग हस्तान्तरणसँगै भारतले शिक्षा क्षेत्र पुनर्निर्माण परियोजनाका लागि नेपाल सरकारलाई ८१ करोड ९८ लाख रकम सोधभर्ना गरेको छ ।

नेपालमा शैक्षिक संस्थाहरुको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता गरेको ५० मिलियन अमेरिकी डलर अनुदान सहयोग कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालय भवन लगायत ७१ वटा परियोजनाको सञ्चालन हाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरिरहेको छ।

यी परियोजनाहरु गोरखा, नुवाकोट, रामेछाप, दोलखा, काभ्रे, धादिङ र सिन्धुपाल्चोक जिल्लामा रहेका छन् ।ती मध्ये गोरखामा ३ र नुवाकोटमा ५ वटा विद्यालय निर्माण सम्पन्न भएका छन् भने अन्य पाँच जिल्लामा ५६ विद्यालयहरु निर्माणाधीन अवस्थामा रहेकोमा ७ वटा विद्यालय ठेक्का हस्तान्तरणको अन्तिम चरणमा पुगेको छ।

सो भेटमा भारत सरकारको सहयोगमा आवास, स्वास्थ्य तथा सांस्कृतिक सम्पदाको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियाजनाबारे पनि छलफल भएको छ ।

गोरखा र नुवाकोट जिल्लामा ५० हजार घर निर्माणका लागि भारतले १५० मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता गरेको छ भने १० जिल्लामा १४७ वटा अस्पताल तथा स्वास्थ्य चौकी निर्माणका लागि ५० मिलियन अमेरिकी डलरको प्रतिबद्धता गरेको छ ।

त्यस्तै ८ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको पुननिर्माण तथा पुनस्थापनाका लागि अर्को ५० मिलियन अमेरिकी डलरको प्रतिबद्धता गरेको छ । आवास क्षेत्रका परियोजनाहरु लगभग सम्पन्न भई लाभग्राहीलाई हस्तान्तरण भइसकेको छ भने शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरु विभिन्न चरणमा द्रुत रुपमा अघि बढिरहेका छन् ।

  • प्रकाशित मिति : पुस २२, २०७७, बुधवार १५:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८