सडकबाट वेसाहारालाई उठाउन विभिन्न सघ संस्था र एनजिओ आइएनजिओको मुख ताक्ने सरकारले २०७८ सालमै कार्यक्रम कसरी सम्पन्न गर्ला ?
पौष १३, २०७७
चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीको भाषणको पहिलो प्राथमिकतामा पर्ने वाक्याँश हुन्छ, ‘सडकमा भोका नाङ्गा र बेसाहारा भेटिने छैनन्’ ।
२०७४ सालको फागुन ३ गते दिउसो ४ बजे प्रधानमन्त्रीको शपथ खाएका ओलीले प्रत्येक भाषण र सम्वोधनमा उच्चारण गर्ने वाक्याँश हो यो ।
उनका हरेक भाषणमा ‘भीख माग्ने नेपालमा हुने छैनन्, सडकमा माग्ने मान्छे भेटिने छैनन्, घरभन्दा वाहिर कसैले सुत्नुपर्ने छैन’ यी वाक्याँश पनि तिन करोड नेपालीले सुनिरहने ओलीका भाषण हुन् । सरकार वनेको ३ वर्ष नजिक पुगिसक्दा ओलीका भाषण भाषणमा मात्रै सीमित रहे ।
पछिल्लो समयको एक वर्ष त आफ्नै पार्टीको आन्तरिक द्वन्द्वलाई मिलाउँदा मिलाउँदै वितिसकेको छ । पछिल्लो समय त झन सरकार विकास निर्माण छोडेर सत्ता कसरी चलाइरहने भन्ने खेलमा व्यस्त रहनाले उनका भाषणले उनी आफैलाई गिज्जाइरहेको छ ।
विकास निर्माणका नाममा भ्यु टावरलाई पहिलो प्राथमिकतामा राखेका ओलीको आफ्नै निर्वाचन क्षेत्रमा निर्माणाधीन नेपालकै अग्लो भ्युटावर बनिरहदा उनकै जिल्ला समेत रहेको प्रदेश नम्वर १ मा भने २५४ जना वेवारिसे सडकमा अलपत्र अवस्थामा भेटिएका छन् । यो संख्या त मुख्य सडकमा देखिएकाको मात्रै हो ।
मावन सेवा आश्रमले सुरु गरेको ‘मेची महाकाली अभियान’ अन्तर्गत प्रदेश नम्वर १ मा २५४ जना बेवारिसेलाई उद्दार गरेको छ। झापाको काकरभित्ताबाट सुरु गरिएको उक्त अभियानले प्रदेश नम्वर १ को झापाबाट ७६ जना, मोरङबाट ६७ जना र सुनसरीबाट १११ जनालाई उद्दार गरेको छ । उद्दार गरिएका मध्ये १६ जना बालबालिका रहेका छन् । जसमध्ये १२ जनालाई बालबालिका समन्वय केन्द्रले आफ्नो जिम्मामा लिएको छ भने बाँकीलाई प्रदेश नम्वर १ अन्तर्गत विराटनगरमा रहेको मानव सेवा आश्रममा राखिएको अभियान्ता मनोज घिमिरे मानवले जानकारी दिएका छन् ।
यस्तै प्रदेश नम्वर २ को राजविराज सम्म आइपुग्दा अरु ३६ जना वेसाहाराहरु भेटिएका छन् । जस अन्तर्गत ३६ जना राजविराज नगरपालिकामा र वाँकी ५ जना कञ्चनरुप नगरपालिका भित्र भेटिएको मनोजले बताए ।
यही पौष ७ गतेदेखि सुरु भएको उक्त अभियान अहिले सर्लाहीको हरिवनमा रहेको छ । उक्त अभियानले माघ ७ गते महाकालि पुगेर आफ्नो एक महिने कार्यक्रमको समापन गर्नेछ । प्रदेश नम्वर १ अन्तर्गत झापाको काकरभित्ता देखि राजविराज सम्म १५८ किलोमिटरको सडकदुरीमा २९० जना बेसाहार भेटिनुले एक हजार बढीको सडक पार गर्दा कति संख्यामा वेसाहारा भेटिन्छन् भनेर सहजै अनुमान लगाउन सकिन्छ ।
यो अभियान संचालन गरिरहेको मानव सेवा आश्रमले २०८२ सालसम्मलाई सहयोगापेक्षी सडकमानवमुक्त राष्ट्र बनाउने कार्यक्रम अघि सारिरहदा सरकारले भने हचुवाको भरमा २०७८ सालमै यो कार्यक्रम सम्पन्न गर्ने हतारो गरेको छ ।
सडकबाट वेसाहारालाई उठाउन विभिन्न सघ संस्था र एनजिओ आइएनजिओको मुख ताक्ने सरकारले २०७८ सालमै कार्यक्रम कसरी सम्पन्न गर्ला ?
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८