केपी शर्मा। पौष ८,२०७७
बिगत आठ नौ महिना सम्म खासै बाहिरी कार्यक्रममा नगएका प्रधानमन्त्री केपी शर्मा ओलि शुक्रवार साँझ देखि एकाएक सक्रिय भए। सनिवार देखि सोमबार सम्म उनले आफ्नो हर प्रयास लगाए ।
तर मंगलबार बिहानैदेखि तीव्र रूपमा विकसित घट्नाक्रमले सत्तारुढ नेकपाको राजनीतिक विभाजन पूरा भयो। यसले कानुनी रुपमा पुर्णता भने पाएको छैन । निर्वाचन आयोगमा छुट्टै पार्टी दर्ता नगरेकाले औपचारिक रूपमा भने नेकपा फुटेर दुइटा बनिसकेको छैन।
नेकपाका बहुमत केन्द्रीय सदस्यहरूको मंगलबार दिउँसो एक पाटि प्यालेसमा बसेको बैठककले पार्टीका अध्यक्ष ओलीलाई हटाएर वरिष्ठ नेता माधव नेपाललाई अध्यक्ष नियुक्त गरेको निर्णय गर्यो । सो भेलामा ३१५ जना केन्द्रिय सदस्य रहेको दाबी गर्दै आएका छ । आफ्नो बहुमत भएकोले बहुमत सांसदहरूको भेलाले बुधबार ओलीलाई नेकपा संसदीय दलको नेताबाट पनि हटाउने तयारी उनिहरुले गरेको छन । त्यस पछी ओलिको प्रधानमन्त्री पद के होला भन्ने पनि चासोको विषय बनेको छ ।
उता मंगलबारनै ओलि पक्षले पनि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक गरेको थियो । सो बैठकले पार्टीको प्रबक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालिलाई नियुक्त गर्यो र केन्द्रिय समितिमा ५५६ जना सदस्य थप्यो।
नेकपामा अबको लडाइँ भनेको मुख्य गरि चुनाब चिन्ह सुर्य र पार्टीको नाममा हुने देखिन्छ । ओली पक्ष कानुनी रूपमा पार्टी र चुनाव चिह्न आफ्नो पक्षमा पार्न जस्तोसुकै कदम चाल्न तयार देखिन्छन। नेकपाको केन्द्रीय समितिमा आफू अल्पमतमा परेको भएर ओलिले आसस्मिक रुपमा केन्द्रीय समितिमा पाँच सयभन्दा बढी सदस्य थप गरे । ओलि समर्थक केन्द्रीय समिति सदस्यहरूको भेलामा सोमबारै ५ सय ५६ केन्द्रीय सदस्य थप गरिएक थियो । उनले सो कुराको जानकरि निर्वाचन आयोगलाई पनि गराइसकेका छन।
अब यसलाइ निर्बाचन आयोगले कसरी हेर्छ सबै कुरा त्यसैमा निर्भर गर्नेछ । यदि आयोगले यो नामावलीलाई आधिकारिकता दियो भने प्रधानमन्त्री ओली नेकपाको केन्द्रीय समितिमा बहुमतमा पुग्नेछन ।ओली त्यसको लागि जुनसुकै मुल्य चुकाउन तयार रहेको देखिन्छ ।
तर यता दहाल(नेपाल पक्षको भेलामा उपस्थित ३१५ केन्द्रिय सदस्यले ओलीलाई पार्टी अध्यक्षबाट निष्कासन गर्ने निर्णयमा हस्ताक्षर गरिसकेका छन । नेकपामा बिधानत ४४१ सदस्य रहने प्राबधान छ।
एउटा विशेष परिस्थिति र विशेष अभियानमा हामी भएको हुनाले कमिटीलाई अलि ठूलो बनाइएको आफूनिकट केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्दै ओलिले भनेका छन।
नेकपा अर्का समुहका दहालले बालुवाटारमा भएको भेला र ५ सय ५६ जना केन्द्रीय समिति सदस्य थप्नुलाई पार्टीको बिधान बिपरित भन्दै ुनौटंकीु को संज्ञा दिएका छन।
दुबै पक्षले पार्टीको नाम र चुनाव चिन्ह आफ्नो पकडमा पार्नका लागि आफुनै मुल धार रहेको बताउँदै आएका छन।ओली समूहले पनि आफू अल्पमतमा परे पछी आफू इतरको समुहलाई कार्बाही गर्ने हिम्मत गर्न सकेको छैन।
जे भएपनि नेकपा बिभाजन भने भइसकेकोछ । अब यसको आधिकारिकता आउन मात्र बाकी हो। यश कुराको लागि दुबै पक्षले निर्बाचन आयोगको निर्णय पर्खनुको विकल्प छैन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८