देशभर ६५८८ जनाको पीसीआर परीक्षणमा ७७६ पोजेटिभ

  • खवरदाता
  • पुष ०२, २०७७

पौष–२, २०७७

भरतपुर । सरकारी तथ्यांक अनुसार आज ९४७ जनाले कोरोना जितेका छन । हालसम्म कोरोना जित्नेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ । यो ९५.५ प्रतिशत हुन आउँछ ।

पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार ५८८ जनामा नमुना परिक्षण गर्दा यो संख्या थपिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।

आज चितवनमा २१ र काठमाडौं उपत्यकामा ३६३ जना संक्रमित थपिए । देशमा थप ६ जनाले ज्यान गुमाउँदा कुल संख्या १७४९ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ९ हजार ५८० जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ४४४ छ । हाल देशका विभिन्न अस्पतालका आइसियुमा २८१ र भेन्टिलेटरमा ५९ जनाको उपचार भइरहेको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८