• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

गौतम बुद्धकप : घर फर्कियो वागमती


गौतम बुद्धकप : घर फर्कियो वागमती

मंसिर २८, २०७७
भरतपुर । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला परिसरको नमुना खेलमैदानमा भएको गौतमबुद्ध कपको आज भएको खेलमा राप्तीले जित हासिल गरेको छ ।

विश्वमाझ चिनाउन र निर्माणको गति तिव्र भइरहेको छ भन्ने सन्देश दिन आयोजित गौतमबुद्ध कप क्रिक्रेटमा हार व्यहोरेपछि कप्तान ज्ञानेन्द्र मल्लको टिम वागमती घर फर्किएको छ ।

आज भएको दोस्रो खेलमा पनि पराजित भएपछि ज्ञानेन्द्र मल्ल नेतृत्वको बागमती टिम घर फर्कन बाध्य भएको हो । शनिवारदेखि सुरु भएको कपमा सुरुवातमै वागमती सुपर ओभरमा नारायणीसँग पराजित भएको थियो ।

वागमतिलाई पराजित गरेसँगै राप्ती राप्ती फाइनलमा प्रवेश गरेको छ । आजको दोस्रो खेलमा राप्तीले वाग्मतीलाई ११ रनले हराएको हो । एक सय ३० रनको लक्ष्य पछ्याएको वागमती दुई बल बाँकी छदै अलआउट हुन पुग्यो । पराजित भएको टिम वागमतीका सोमपाल कामीले सर्वाधिक ३५ रन , अनिल शाहले २२ रन , रोहित पौडेल र ज्ञानेन्द्र मल्लले समान १३÷१३ र सुनिल धमलाले ११ रनको योगदान दिएका थिए ।
जित निकालेको राप्तीका कमल सिंह ऐरी, अविनास बोहरा र वसन्त कार्कीले समान दुई–दुई विकेट लिन सफल भएका थिए । राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय २९ रन बनाएको थियो ।
अब राप्तीले फाइनलमा आगामी मङ्गलबार नारायणीसँग खेल्नेछ । भोलि पनि खेल त हुनेछ । तर भोलि हुने खेलको खासै महत्व नहुने तर खेल्नै पर्ने वागमती प्रदेश क्रिक्रेट संघका अध्यक्ष राजु बस्नेतले बताए ।
विगत १० महिनादेखि ठप्प भएको क्रिक्रेट कोरोनाको वीचमा पनि कसरी सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिन भनेर पनि नमुना क्रिक्रेटको आयोजना गरिएको थियो ।

आजको खेल सम्पन्नपछि सम्पूर्ण खेलाडी तथा पत्रकारहरुलाई निर्माण भइरहेको रंगशाला परिसर अवलोकन गराइएको थियो । धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले खेलाडी तथा प्रत्रकारहरुले राखेको जिज्ञासा र निर्माणाधीन रंगशालाको बारेमा बताएका थिए ।

  • प्रकाशित मिति : मंसिर २८, २०७७, आइतवार ११:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८