• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

कोरोनाको भाइरसको भ्याक्सिन दिँदा एचआइभीको एन्टीबडी बनेपछि !

  • खवरदाता

कोरोनाको भाइरसको भ्याक्सिन दिँदा एचआइभीको एन्टीबडी बनेपछि !

क्वीन्सल्यान्ड विश्वविद्यालय र सिएसएलले निर्माण गरेको भ्याक्सिनको परीक्षणमा सहभागी केही स्वयंसेवकको शरीरमा एचआइभीविरुद्धको एन्टीबडी देखिएको छ । एन्टीबडी देखिएका उनको एचआइभी परीक्षण गर्दा एचआइभी पोजेटिभ भने पाइएन ।

मंसिर–२६, २०७७

कोरोना भाइरसविरुद्धको भ्याक्सिनको निर्माण र परीक्षण भइरहेको समयमा अस्ट्रेलियामा एउटा आश्चर्यको घटनाको देखिएको छ । क्वीन्सल्यान्ड विश्वविद्यालय र सिएसएलले निर्माण गरेको भ्याक्सिनको परीक्षणमा सहभागी केही स्वयंसेवकको शरीरमा एचआइभीविरुद्धको एन्टीबडी देखिएको छ । एन्टीबडी देखिएका उनको एचआइभी परीक्षण गर्दा एचआइभी पोजेटिभ भने पाइएन । तर पनि यो भ्याक्सिनको परीक्षण अहिलेका लागि स्थगित गरिएको छ । यसको पूर्ण अध्ययन हुन अझ एक वर्ष सम्म लाग्न सक्ने जनाइएको छ ।

अस्ट्रेलिया सरकारले यो भ्याक्सिनको ५ करोड १० लाख डोजको खरिद सम्झौता गरिसकेको थियो । अस्ट्रेलियाको सरकारले यसको बदलामा नोभाभाक्ससंग सम्झौता गरेको छ । साथै अक्सफोर्ड विश्वविद्यालयले तयार गरेको भ्याक्सिनसँग सम्झौता गर्ने तयारीमा रहेको छ । अस्ट्रेलियामा अर्को एक भ्याक्सिन अन्तिम चरणको परीक्षणको क्रममा समेत रहेको छ ।

हालसम्म चीनमा चार भ्याक्सिनले आपत्कालीन प्रयोगको अनुमति पाइसकेका छन् । बेलायतमा फाइजर एनबायोटेकको भ्याक्सिन वितरण सुरु भइसकेको छ । यसै साता क्यानडाले पनि यो भ्याक्सिनलाई अनुमति दिइसकेको छ । संयुक्त अरब इमिरेट्सले सिनोफार्मको भ्याक्सिनको पूर्ण अनुमति पाएको छ । बराइनले सिनोफार्म र फाइजरलाई आपत्कालीन अनुमति दिएको छ । यसका साथै रुसले दुई भ्याक्सिनलाई आपत्कालीन अनुमति दिए पनि स्पुतनिक भिलाई सबै सर्वसाधारणका लागि प्रयोगमा ल्याउने तयारी गरेको छ ।

भारतमा फाइजरका साथै अक्सफोर्ड र भारतमै निर्मित कोभ्याक्सीनले अनुमति माग गरे पनि विज्ञ समूहले थप डाटा माग गरेका छन् । तीन वटै कम्पनीले केही समयमा डाटा उपलब्ध गराउने भएका छन् । भारतमा अनुमतिका लागि अझ केही समय लाग्ने भएको छ ।

अमेरिकामा भने बिहीबार त्यहाँको नियामक संस्था खाद्य तथा औषधी प्रशासन (एफडीए)ले फाइजरको भ्याक्सिनको आपत्कालीन प्रयोग गर्न दिने पक्षमा आफ्नो मत राखेको छ । यो सँगै प्रान्तीय सरकारले भ्याक्सिन वितरणको तयारीलाई पनि तीव्र पारेका छन् । मोर्डना इन्कले पनि आपत्कालीन अनुमतिका लागि प्रस्ताव गरे पनि अर्को साता एफडीएले यसको बारे निर्णय गर्ने छ । सेन्टर फर डिजिट कन्ट्रोल एन्ड प्रीभेन्सन कमिटीले मान्यता नदिएसम्म वितरण भने हुने छैन । चाँडो नै यी दुई भ्याक्सिन अमेरिकामा वितरण हुने अनुमान गरिएको छ ।

भ्याक्सिनका बारे यो निर्णय भए पनि विज्ञहरूले अमेरिकाको खराब दिन आउन बाँकी रहेको चेतावनी दिएका छन् । प्राय सबै अस्पताल भरिएका छन् । औसत प्रतिदिन २ लाख १० हजारका दरले कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यो खराब अवस्थाका बाबजुद अमेरिकाले आगामी गृष्मसम्म जनजीवन सामान्य हुने अनुमान गरेको छ ।

  • प्रकाशित मिति : मंसिर २६, २०७७, शुक्रवार ११:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८