• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

पत्रकार कँडेलको ‘मोसो’ बजारमा

  • खवरदाता

पत्रकार कँडेलको ‘मोसो’ बजारमा

मंसिर २०,२०७७

भरतपुर । पत्रकार सूर्यप्रकाश कडेँललको ‘मोसो’ उपन्यास बजारमा आएको छ । भरतपुरमा आज एक कार्यक्रमकाबीच ‘मोसो’ उपन्यासको विमोचन गरिएको छ ।

पत्रकारिता क्षेत्रमा दुई दशक बढी समय बिताएका कँडेलको उपन्यास युरेका पब्लिकेसन प्रालीले बजारमा ल्याएको हो । ‘मोसो’ आाफ्नो पहिलो कृति रहेको कडेँलले बताए । उपन्यासको कथावस्तु पत्रकारितासँग जोडिएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति चितवनका सल्लाहकार समेत रहेका कडेँल २०५५ साल असोजमा चितवन सन्देश साप्ताहिकबाट पत्रकारिताको यात्रा सुरु गरेका थिए ।

हाल उनी नागरिक दैनिक लगायत विभिन्न संचारमाध्यमसँग आवद्ध रहेका छन् ।

  • प्रकाशित मिति : मंसिर २०, २०७७, शनिवार १३:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८