मंसिर १६, २०७७ ।
नवलपुर। नारायणगढ बुटवल सकड आयोजनाका कामदारहरुले सहमति भएका बुँदाहरु एक हप्ताभित्र कार्यान्वयन नभए पुन आम्दोलन गर्ने बताएका छन् ।
काम लगाएर पनि ज्याला नदिएपछि आन्दोलित बुटवल नारायणगढ सडक आयोजनाका मजदुर, आयोजना व्यवस्थापन पक्ष र प्रशासनवीच आज छलफल भएको हो । छलफलमा मजदुरहरुको माग सम्वोधन हुने भएपछि ठप्प भएको काम फेरि सुचारु हुने भएको छ । आज जिल्ला प्रशासन कार्यालय नवलपुरमा प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पगेनी सहितको उपस्थितीमा मजदुरहरुको माग एक हप्ता भित्र सम्वोधन गर्ने सहमति बनेको छ ।
केही मागहरु एक हप्ताभित्र, बाँकी ठेकेदार पक्षसँग समन्वय गर्दै सम्वोधन गर्ने निर्णय भएपछि सडक आयोजना निर्माणकार्य फेरि सुरु भएको हो । एक हप्ताभित्र पुरा गर्नुपर्ने मागहरुमा न्यूनतम काम गर्ने अवधि ८ घण्टाको हुने, ८ घण्टा भन्दा बढी काम लगाएमा १.५ गुणाको दरले प्रतिघण्टा ओभर टाइम गनिने, शनिवार काम गरेको ओभर टाइम १.५ गुणाले दिने, प्रत्येक कामदारको न्यूनतम सेवा सुविधा र क्षतीपूर्ति उल्लेख गरी सम्झौता गर्ने, साइटमा काम गर्ने मजदुरहरुलाई सुरक्षाका न्यूनतम सामाग्री उपलब्ध गराउने, प्रत्येक कामदारको दुर्घटना बीमा गर्ने, कामको सिलसिलामा घाइते अस्वस्थय भएमा तत्काल उपचारको व्यवस्थ गर्ने, कामदारलाई अनिवार्य परिचय पत्र उपलब्ध गराउने लगायतका छन् ।
यसरी मजदुर पक्षले पेश गरेको माग पुरा भए नभएको अनुगमन गर्न ५ सदस्यीय समिति समेत बनाइएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८