• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

चितवनमा मनाइयो छैठौ राष्ट्रिय उद्योग दिवस

  • खबरदाता

चितवनमा मनाइयो छैठौ राष्ट्रिय उद्योग दिवस

मंसिर ९,२०७७
भरतपुर । चितवन उद्योग संघ र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा मंगलबार छैठौ राष्ट्रिय उद्योग दिवस मनाइएको छ ।

चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई प्रमुख अतिथि रहेका थिए।
चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले स्वागत मन्तव्य सहित संघको गतिविधि जानकारी गराएका थिएभने, चितवन उद्योग संघका उपाध्यक्ष युग राज वस्ती र भरतपुर महानगरपालिकाका उद्योग शाखा प्रमुख अनुज घिमिरेले चितवनको औद्योगिक अवस्थाको बारेमा तयार पारेको प्रतिबेदन प्रस्तुत गरेक थिए ।

रोजगारी सिर्जना, आफ्नो उत्पादन मार्फत राज्यलाई आत्मनिर्भर बनाउनमा योगदान, राजश्वमा योगदान, सामाजिक उत्तरदायित्व वहनमा खेलेको भूमिका आदिका आधारमा गरिएको मूल्याङ्कनमा भरतपुर महानगरपालिका भित्रका उद्योगहरु मध्येबाट भरतपुर–४, चितवन स्थित जस्मिन पेन्ट्स प्रा।लि। सम्मान गरिएको थियो ।

महिला उद्यमीको नेतृत्वमा सञ्चालन गरेर रोजगारी सिर्जना मार्फत पुर्‍याएको योगदानका आधारमा गरिएको मूल्याङ्गनमा भरतपुर महानगरपालिका भित्रका महिला उद्यमीबाट सञ्चालित उद्योगहरु मध्येबाट भरतपुर–१२, चितवन स्थित गौरव नेपाल ईन्जिनियरिड्ड प्रा।लि।लाई उत्कृष्ट उद्योगको रुपमा सम्मान गरियो ।

चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गरेको कार्यक्रमलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गरिएको थियो ।

कार्यक्रममा पुरस्कृत उद्योगको तर्फबाट जस्मिन पेन्ट्स प्रा।लि।का सञ्चालक मधु अर्याल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्य, शसस्त्र प्रहरी बल नेपाल, नं। ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले लगायतले उद्योग दिवसको शुभकामना व्यक्त गरेका थि

  • प्रकाशित मिति : मंसिर ९, २०७७, मंगलवार १४:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८