• साउन २५, २०७९, बुधवार Wednesday, 10 August, 2022
centreal college

आज ५६९९ कोरोना संक्रमित निको भए

  • खवरदाता

आज ५६९९ कोरोना संक्रमित निको भए

मंसिर–७, २०७७

भरतपुर । आइतबार ८ हजार ३२ नमुनाको परिक्षण गर्दा १ हजार ६६९ जना कोरोना संक्रमित थपिएका छन् ।

आज १ हजार ६६९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या २ लाख २० हजार ३३०८ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या २० हजार १६६ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या १३ हजार ६१२ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ हजार ५५४ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।

आज काठमाण्डौं उपत्यकामा ९५७ जना संक्रमित थपिए । हाल देशभरमा ३५९ आईसियुमा छन् भने ६६ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा ५६९९ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या १ लाख ९९ हजार २४ पुगेको छ । यो ९०.३५ प्रतिशत हुन आउँछ ।

विगत चौविस घण्टामा देशभरमा १६ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या १३२१ पुग्यो ।

  • प्रकाशित मिति : मंसिर ७, २०७७, आइतवार ११:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८