• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

एभोकाडोबारे जानकारीः मानव स्वास्थ्यमा हुने फाइदा


एभोकाडोबारे जानकारीः मानव स्वास्थ्यमा हुने फाइदा

मंसिर–७, २०७७

एभोकाडो (ब्खयअबमय) लाई नेपालीमा घिउ फल (द्यगततभच ँचगष्त) भनिन्छ । यो अमेरिका र मेक्सिकोबाट फैलिएको उष्ण प्रदेशीय क्षेत्रमा फल्ने फल हो । यो फलको वैज्ञानिक नाम ‘पेर्से अमेरिकाना’ एभचकभब ब्mभचष्अबलब हो । सबैभन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ ।

समुद्र सतहबाट २५ सय मिटरसम्म यसको खेती गर्न सकिन्छ । पर्याप्त मात्रामा स्वास्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् । विभिन्न अध्ययनमार्फत् वैज्ञानिकहरूले यसमा अत्यन्तै फाइदाजनक तत्व हुने बताएका छन् । नेपालका विभिन्न ठाउँमा एभोकाडो फलेको पाइए पनि मानिसहरूले यसको महत्व नबुझेकाले सेवन गर्दैनन् । संसारकै फलमध्येमा धेरै पोषकतत्व भएको फलका रूपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लाहरूमा केहीवर्ष अगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ । नेपालमा व्यावसायिक सोचका साथ एभोकाडोमा लागेकाहरूले पाखोबारी, कान्ला र खोलाछेउमा समेत यसको बिरुवा हुर्काइरहेका छन् ।

विशेष गरेर धनकुटालगायत पहाडी जिल्लाहरूमा यसको व्यावसायिक खेती सुरु भएको छ । पाखा, खोला बगर वा काम नलाग्ने खेतमा एभोकाडो लगाएर राम्रो आय लिन सकिन्छ । नेपालका पहाड, तराई, खोंच, बेंसी, मध्यपहाड र भित्रीमधेशमा एभोकाडो फल्छ । एभोकाडो हुर्काएपछि ५० वर्षसम्म फल दिन्छ, बिरुवा लगाएको १ देखि ५ वर्षमा फल दिन सुरू गर्ने यसको एकै बोटमै १ हजार किलो (१ सयदेखि ५ सयओटा दाना) फलसम्म फल्न सक्छ ।

खेती प्रविधि –
समुद्र सतहबाट २५ सय मिटरसम्म यसको खेती गर्न सकिन्छ । माटोको पीएच ५.५ देखि ५.६ भएको ठाउँमा राम्रो हुन्छ । ३ फिट लम्बाइ ३ फिट चौडाइको खाडल खन्नु पर्छ ।

१ः१ को अनुपातमा बालुवा र कम्पोष्ट मल मिसाई खाडलमा बिरुवालाई सार्नु पर्दछ । बिरुवा सार्दा १० मिटरसम्मको दूरीमा रोप्नु पर्दछ । रोपेको समयमा दिनको एकपटक पानी दिनुपर्छ, बिरुवा सरी सकेपछि हप्ताको एकपटक पानी दिए हुन्छ, बिरुवा रोपेको तल तरकारी वा कोसेबाली रोप्दा माटोको उर्वराशक्ति बढ्ने र थप उब्जनी समेत लिन सकिन्छ । रोग तथा किरा लागेको हाँगाहरूलाई काट्ने र हटाउने गर्नुपर्छ । बिरुवा रोपेको ३ देखि ५ वर्षमा फल फल्ने गर्छ । फल टिपेको ५ देखि १० दिनमा फल पाक्ने गर्छ । साउनदेखि कात्तिक मंसिरसम्म टिपिने यो फलको मुख्य सिजन भने भदौ, असोज हो ।

एभोकाडोको बजारः

एभोकाडो विदेशमा प्रतिकेजी १ हजार पर्छ भने नेपालमा एभोकाडो २ सय ५० देखि ८ सयसम्म पर्छ । सामान्यतः सिजनको सुरुमा १ सय २० देखि २ सय ५० सम्म एभाकोडोको क्वालिटी हेरेर पर्छ भने सिजन सकिँदै जाँदा मङ्सिर अन्तिमदेखि चैतसम्म त बोटै पनि ६–७ सय रुपैयाँ प्र्रतिकेजी पर्ने गर्दछ ।

एभोकाडो खानुका फाइदाः
अत्यधिक पोषक तत्वयुक्त एभोकाडोमा २० वटा छुट्टाछुट्टै प्रकारका भिटामिन र मिनिरल पाइन्छन् । हाम्रा शरीरका लागि आवश्यक सम्पूर्ण पोषक तत्वहरू एभोकाडोको सिङ्गो फलबाट पाउन सकिन्छ । यसका साथै यो फलमा कोलेस्टेरोल नहुने भएकाले पनि यसलाई जोकोहीले सेवन गर्न सक्छन् । यसले उच्च रक्तचापलाई कम गराउँछ । पोटासियम एउटा यस्तो तत्व हो, जसले शरीरभित्रका महत्वपूर्ण प्रणाली सञ्चालन गर्न मद्दत गर्छ । केरामा १० प्रतिशत पोटासियम हुन्छ भने एभोकाडोमा १४ प्रतिशत पोटासियम हुन्छ । चिकित्सकका अनुसार अधिक पोटासियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ र हृदयाघात अनि मिर्गौला खराब हुनबाट समेत बचाउँछ ।

उच्च रक्तचापलाई कम गराउँछः
पोटासियम एउटा यस्तो तत्व हो, जसले शरीरभित्रका महत्वपूर्ण प्रणाली सञ्चालन गर्न मद्दत गर्छ । केरामा १० प्रतिशत पोटासियम हुन्छ भने एभोकाडोमा १४ प्रतिशत पोटासियम हुन्छ । चिकित्सकका अनुसार अधिक पोटासियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ र हृदयाघात अनि मिर्गौला फेल हुनबाट समेत बचाउँछ ।

फाइबरको अधिकमात्राले तौल नियन्त्रणः
फाइबर अर्को एउटा तत्व हो, जुन एभोकाडोमा अत्यधिक मात्रामा पाइन्छ । यसले हाम्रो तौल नियन्त्रण गर्न र साथै रगतमा सुगरको तहलाई पनि सन्तुलित पारिदिन्छ जसले मधुमेहबाट बचाउँछ ।

आँखालाई स्वस्थ राख्ने एण्टिअक्सिडेण्टः
एभोकाडोमा लीउटीन र जीआछानथीन नामक तत्वहरू पाइन्छन् । जसले आँखालाई स्वस्थ राख्न ठूलो भूमिका खेल्छ । वृद्धहरूको आँखामा आउने समस्यालाई पनि यसले कम गराउने भएकाले नियमित एभोकाडोको सेवन गर्नुपर्ने चिकित्सक बताउँछन् ।

क्यान्सरबाट बचाउँछः
एउटा अनुसन्धानका अनुसार एभोकाडो नियमित खाँदा यसले क्यान्सरको उपचार गर्दा गरिने केमो थेरापीको साइड इफेक्टलाई न्यून गराउन मद्दत गर्छ । प्रोस्टेट क्यान्सरबाट बचाउने हुनाले पुरुषहरूले दैनिक एभोकाडो खाए फाइदा पुग्छ ।

तौल घटाउन प्रभावकारीः
एभोकाडो तौल नियन्त्रण गराउन प्रभावशाली सावित भएको धेरै अध्ययनले बताइसकेको छ । अनुसन्धानले यस्तो पत्ता लगाएको छ कि एभोकाडो खाएकाहरूलाई अरू खानेकुरा खाएका भन्दा थोरैमात्रै भोक लाग्दछ । त्यसैले एभोकाडो खाँदा आफैमा थोरै खाना खाइन्छ, जसले तौल नियन्त्रण गराउँछ । साथै अधिक मात्रामा फाइबर हुने भएकाले पनि एभोकाडो तौल कम गराउन धेरै सहयोग गर्छ ।

एभोकाडोको समस्याः
एक बोट एभोकाडोले वार्षिक २ सय किलोसम्म फल दिन्छ । मङ्सिरदेखि पाक्ने एभोकाडो एकै पटक टिप्ने बेला हुन्छ । बेलैमा टिपिएन भने अर्काे वर्ष बोटमा फलै लाग्दैन । एभोकाडोको मुख्य समस्या यही हो । यो समस्या किन मुख्य बन्यो भने एभोकाडोलाई भण्डारण गरेर राख्न सकिँदैन । नेपाली बजारमा असोज, कात्तिकमा प्रतिकिलो १ सय २० मा पाइने एभोकाडो चैततिर ६ सयदेखि ८ सयसम्म पर्छ । यो समस्याबाट छुटकारा पाउन प्रशोधन उद्योग अनिवार्य हुन आउँछ । नेपाली एभोकाडोबाट उच्च कोटीको बटर, क्रिम, जुस, चक्लेट, आइसक्रिम बनाएर निर्यात गर्न सकिन्छ । यसका लागि लगानी र प्रविधि चाहिन्छ । एभोकाडोको मात्र होइन, नेपालको समग्र कृषि क्षेत्रमा इच्छाशक्ति हुनेहरूसँग स्रोत नहुने र स्रोत हुनेहरूसँग इच्छाशक्ति नहुने समस्या छ । सरकारले इच्छाशक्ति भएका किसानहरूलाई सजिलो हुने नीति लागू गर्दा देशभर अरू बालीसँगै एभोकाडो फल्ने प्रचुर सम्भावना छ ।

  • प्रकाशित मिति : मंसिर ७, २०७७, आइतवार ०२:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८