• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवनमा कोरोना संक्रमितको मृत्युदर २ प्रतिशत

  • खबरदाता

चितवनमा कोरोना संक्रमितको मृत्युदर २ प्रतिशत

चितवनमा १ सय संक्रमितमा २ जनाको मृत्यु हुने गरेको छ।

कार्तिक २८,२०७७
भरतपुर । चितवनमा कोरोना संक्रमितको मृत्यु दर २ प्रतिशत पुगेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार हरेक १ सय संक्रमितमा २ जनाको मृत्यु हुने गरेको हो । जिल्लामा हालसम्म ७९ जना संक्रमितको मृत्यु भएको छ ।

सात स्थानीय तह मध्य सवैभन्दा धेरै भरतपुर महानगरपालिकाका संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिकामा ४६ जना, खैरहनी नगरपालिकामा ९ जना, रत्ननगर नगरपालिकामा १० जना, राप्ती नगरपालिकामा ८ जना, कालिका नगरपालिकामा ६ जनाको मृत्यु भएको हो । जिल्लाको माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भने मृत्यु दर शून्य रहेको छ ।

जेठ महिना देखि संक्रमितको मृत्यु हुन थालेको जिल्लामा सवैभन्दा धेरै कार्तिक महिनामा ४० जना संक्रमितको मृत्यु भएको छ । चैत्र देखिनै जिल्लामा संक्रमित भेटिएपनि चैत्र बैशाखमा कुनै पनि संक्रमितको मृत्यु नभएको जिल्लामा जेठमा १ जना, असार र साउनमा शुन्य रहेको जिल्लामा पुन भाद्रमा १६ र असोजमा २२ जना संक्रमितको मृत्यु भएको छ ।

अझै पनि जिल्लामा संक्रमितको संख्या बढिरहेको छ । मृत्यु भएका संक्रमितमा ५९ जना पुरुष र २० जना महिला रहेका छन् । जिल्लामा ६१ देखि ७० वर्षका संक्रमित उच्च जोखिममा रहेका छन् । हालसम्म यो उमेर समुहका २० जनाको मृत्यु भएको छ । त्यस्तै ५१ देखि ६० वर्षका १६, ८० वर्ष माथिका १५, ७१ देखि ८० वर्ष उमेर समुहका १४ र ३१ देखि ४० र ४१ देखि ५० उमेर समुहका समान ६र६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

२१ देखि ३० वर्ष उमेर समुहको मृत्यु सख्या भने शुन्य रहेको जिलालमा १० वर्षसम्मका १ र ११ देखि २० वर्ष उमेरका १ जनाको मृत्यु भएको छ । कोरोना मात्रै लागेर केहीको र धेरै दीर्घरोग सहितका बिरामी जसमा कोरोना लागेपछि मृत्यु हुने गरेको छ । नेपालभर भने मृत्यु दर जम्मा २ दशमलव ५ प्रतिशत पुगेको छ । नेपालभरकै मृत्युदर नजिक चितवन पुगेको छ ।

जिल्लामा कुल संक्रमितको ७१ प्रतिशत भने निको भएका छन् । अझै पनि २७ प्रतिशत संक्रमित निको हुन वाँकी रहेका छन् ।
आजसम्म जिल्लामा संक्रमितको कुल सख्या ५ हजार २ सय १२ पुगेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।सवै भन्दा धेरै २१ देखि ३० वर्ष उमेर समहुका १५ सय ३९ जना संक्रमित भएका

  • प्रकाशित मिति : कात्तिक २८, २०७७, शुक्रवार ११:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८