• माघ ११, २०८१, शुक्रवार Friday, 24 January, 2025

चितवन साहित्य परिषद् द्वारा स्रष्टाहरुलाई सम्मान

  • खवरदाता

चितवन साहित्य परिषद् द्वारा स्रष्टाहरुलाई सम्मान

कार्तिक २८,२०७७

चितवन । चितवन साहित्य परिषद्ले स्थापना गरेका विभिन्न ४ वटा साहित्यिक पुरस्कारहरू वितरण गरिएको छ । ११२ औं लक्ष्मी जयन्तीको अवसरको पूर्वसन्ध्यामा बिहीवार परिषद् भवन नारायणगढमा विशेष कार्यक्रमको आयोजना गरि पुरस्कारहरू वितरण गरिएको हो ।

साहित्यकार जीवा लामिछानेले पिता खेमलाल लामिछानेको स्मृतिमा परिषद्ले वितरण गर्ने गरि स्थापना गरिएको चिसाप खेमलाल लामिछाने पुरस्कार २०७६ चितवनका चर्चित निबन्धकार रामबाबु घिमिरेलाई नगद रु ५० हजार ४५ सहित समर्पण गरिएको छ ।

यसैगरि परिषद्का पूर्व अध्यक्ष साहित्यकार राजकृष्ण कडेलको स्मृतिमा स्थापना गरिएको चिसाप राजकृष्ण कडेल साहित्य पुरस्कार २०७६ बीरगञ्जका उपन्यासकार गणेश प्रसाद लाठ र चितवनका कथाकार वसन्त पराजुलीलाई संयुक्तरूपमा प्रदान गरियो ।

लाठको औपन्यासिक कृति अघटित र पराजुलीको कुमाता कथासग्रहलाई पुरस्कृत गरिएको हो । सोही समारोहमा टीकापुर कैलालीका उपन्यासकार ललित विष्टको उपन्यास मोहपथलाई चिसाप लीला नर्मदा साहित्य पुरस्कार प्रदान गरिएको थियोे भने यस वर्षको चिसाप प्रतिभा पुरस्कार हाइकुकार प्रकाश पौडेल माइलालाई प्रदान गरिएको छ । उल्लेखित सबै पुरस्कारहरूको राशि रु १५ हजार पैंतालीस र सम्मान पत्र रहेको छ ।

पुरस्कार वितरण समारोहमा राजकृष्ण कंडेलकी सहधर्मिणी माया कडेलले चिसाप राजकृष्ण कंडेल साहित्य पुरस्कारको अक्षय कोषको लागि थप २ लाख ५० हजार प्रदान गरेकी थिईन ।
साहित्यकार केदारनाथ खनालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा साहित्यकार जगन्नाथ पण्डितले नेपाली साहित्यको क्षेत्रमा महाकवि देवकोटाको योगदानको चर्चा गरे ।

कार्यक्रम परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा सम्पन्न भएको थियोे । परिषद्की कार्य समिति सदस्य सरला जोशीको संयोजकत्वमा सम्पन्न कार्यक्रमको समापन सामुहिक देउँसी भैलो खेलेर तथा सांस्कृतिक खाजा सेल रोटी खाएर गरिएको बालकृष्ण थपलियाले जानकारी दिए ।

  • प्रकाशित मिति : कात्तिक २८, २०७७, शुक्रवार ०३:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८