कार्तिक २५,२०७७
औषधी निर्माण कम्पनी फाइजरले आफूले उत्पादन गरेको कोरोना भाइरसको परीक्षणमा ९० प्रतिशत प्रभावकारिता देखिएको जनाएको छ ।
फाइजरको यो दाबिले १२ लाख भन्दा बढी व्यक्तिको निधन भइसकेको कोरोना भाइरसको महामारीबाट संसार मुक्त हुने अपेक्षा गर्नेका लागि यो समाचार अत्यन्त सुखद मानिएको छ ।
जर्मन औषधी निर्माण कम्पनी बायोएनटकसंगको सहकार्यमा अघि बढेको यो भ्याक्सिनको अन्तिम परीक्षणको सुरुवाती डाटालाई निष्पक्ष विज्ञको समूहले अध्ययन गरेर यो निष्कर्ष निकालेको हो । यो भ्याक्सिन लिएका ९० प्रतिशतमा कोरोनाको सङ्क्रमण देखिएन ।
दुई महिनाको सुरक्षा सम्बन्धी डाटा तयार गरेर फाइजरले यसै महिनाको अन्त्यमा नियामक खाद्य तथा औषधी प्रशासनका सामु आपत्कालीन अनुमतिका लागि दरखास्त दिने तयारी गरेको छ ।
फाइजर कम्पनीका वरिष्ठ उप प्रमुख तथा भ्याक्सिन निर्माण अभियानका संयोजक डा। काथरिन जान्सनले यो ऐतिहासिक कदम भएको जनाएका छन् । डोनाल्ड ट्रम्पले बारम्बार अमेरिकामा निर्वाचन अघि भ्याक्सिन आइ सक्ने बताए पनि उनी जो वाइडेनसंग अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा पराजित भएको केही दिन पछि फाइजरले डाटा सार्वजनिक गरेको हो । फाइजरले एक वर्ष भन्दा कम समयमा यो महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेको भए पनि भ्याक्सिन कति समयसम्म काम लाग्ने भन्ने निश्चित भइसकेको छैन । ति
फाइजरको यो तथ्याङ्कका कारण यसै खालको एमआरएनए भ्याक्सिनको उत्पादन गरिरहेको अमेरिकी कम्पनी मोर्डनालाई पनि उत्साहित तुल्याएको छ । यो ९० प्रतिशत सुरुवाती तथ्याङ्क अथवा अन्तिम परीक्षणमा संलग्न हजारौँ मध्य पहिलो ब्याजको आधारमा तयार पारिएको हो । अन्तिम निष्कर्षका लागि केही समय कुनु पर्ने समेत जनाइएको छ ।
यो तथ्याङ्कले धेरैलाई उत्साहित मात्र होइन आश्चर्य चकित पनि तुल्याएको छ । याले विश्वविद्यालयका प्राध्यापक इम्युनोलोजीस्ट एकीको इकासाकीले त आफूले ५५ प्रतिशत सम्म प्रभावकारी हुने अपेक्षा गरिएकोमा आएको यो तथ्याङ्कले आश्चर्यमा परेको बताएका छन् । याले विश्वविद्यालयका निर्देशक साद बि ओमारले अन्तिम तथ्याङ्क पनि यसै खाले रहे यो सबैभन्दा प्रभावकारी भ्याक्सिनको रूपमा रहने र महामारीको चाँडो अन्त्य हुने आशा व्यक्त गरेका छन् ।
डा। जानसेनले भने निष्पक्ष समितिको सबै प्रतिवेदनका बारे आफू र अन्य कम्पनीलाई पनि जानकारी नदिइसकिएको बताएकी छिन् । सङ्क्रमित १० प्रतिशत मध्य कत्तिमा कस्तो खालको लक्षण रहने छ भन्ने पनि जानकारी नआइसकेको पनि उनले बत्ताएकी छिन् । सम्पूर्ण कुराको निरीक्षण गर्न अझ केही साता लाग्ने जनाइएको छ ।
जानसनले यो तथ्याङ्कको बारेमा भनेकी छिन् ९० प्रतिशत प्रभावकारी हुँदा सङ्क्रमण फैलने दर अत्यन्त न्यून हुने र सङ्क्रमितको मृत्युको सम्भावना पनि कम रहने हुँदा महामारी अन्त्यको प्रयासमा लागेको अन्य कम्पनीका लागि समेत यो खुसीको खबर भएको बत्ताएकी छिन् ।
बोयोनटेकका कार्यकारी प्रमुख उगर साहीनले यो खबरले आफूलाई उत्साहित तुल्याएको बताएका छन् । एक वर्ष अघि फ्रान्समा पहिलो कोरोना भाइरसको सङ्क्रमित देखिए पछि उनले जर्मनीमा यो पहल गरेका थिए । जनवरीमा यो कम्पनीले फाइजरसंग सहकार्यको सुरुवात गरेको थियो ।
फाइजर र बायोएनटेकले चार वर्ष अघि देखि रुघाको भ्याक्सिन बनाउँदै आएका कारण यो भ्याक्सिन उत्पादनमा दुई कम्पनीको सहकार्यले चाडै सफलता पाएको हो । यी कम्पनीले सुरुमा दुई भ्याक्सिनको परीक्षण गरे पनि एउटामा अलि बढी साइड इफेक्ट देखिएका कारण एउटालाई मात्र अघि बढाएका हुन् ।
ट्रम्पले निर्वाचन अघि भ्याक्सिन ल्याउने ठुलो कसरत गरे पनि फाइजरले सुरक्षाको मापदण्डमा सम्झौता नगर्ने जनाउँदै यो डाटा कुरेको थियो । फाइजरले सफलता पाउने आधार तयार हुँदै जाँदा केही महिना अघि फाइजरका डा। बोलाउरा र साहीनले अस्ट्रिया भ्याक्सिन निर्माण भइरहेको स्थानमा भ्रमण गरेका थिए ।
डा। बोलाउराले पनि चाँडो नै यसलाई अनुमति दिलाउन सक्रिय रहे पनि खाद तथा औषधी प्रशासन सम्पूर्ण डाटा तयार नभई कनै अनुमति नदिनेमा अडिग नै रहे पछि ट्रम्पको योजना असफल भएको थियो ।
डा। बोलाउरा अहिलेको मुद्दा राष्ट्रियताको मात्र नभई मानवताको भएका कारण संसार भर यसलाई लैजाने योजना बनाइसकेको बताउँछन् । यसका लागि फाइजरले भ्याक्सिन निर्यात गर्नका लागि कुलरको निर्माण गर्दै छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले पनि विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गर्न तयार भइसकेको बत्ताउँछन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८