कार्तिक– १६,२०७७
उर्मिला माया कुमाल विगत सम्झन चाहाँदिनन् । त्यो दिन सम्झदा अझैपनि उनको निधारमा निराशाका रेखाहरु देखिन्छन् । कारण थियो औपचारिक शिक्षा कक्षा १० मै टुंगिनु । त्यो समयमा पढाई अघि वढ्न नसक्दा अव विहे गर्नुपर्ने र कुनै घरको चुलो र चौकोमा सीमित हुनुपर्ने भयो भन्ने कुराले उनलाई पिरल्यो । पढाई रोकिएपछि यत्तिकै बसेकि उर्मिलालाई ठूलो बुबाले सिटिईभिटीमा तालिमको अवसर आएको र तालिम पश्चात राम्रो गर्नेलाई रोजगार मिल्ने कुरा सुनाएपछि उनि उक्त सूचनाको सम्पर्कमा पुगिन् । उर्मिला भन्छिन, “सिटिइभिटीको त्यहि तालिमले आज मेरो आफ्नै भेटरिनरी पसल र जहाँ तालिम लिएँ त्यही जागिरे छु ।”
ट्रेनिङ फर इम्प्लोइमेन्ट प्रोजेक्ट भन्ने संस्थाबाट नेपाल पोलिटेक्निक इन्स्टीच्युट भरतपुरमा कम्युनीटी लाइभ स्टक एसिसेण्टेण्ट ९सीएलए० मा १२ महिनाको कोर्ष निःशुल्क गर्ने अवसर पाएपछि उनका दिन फेरिएका हुन् ।
उनी अहिले भरतपुर ११ भोजाडमा आफ्नै भेटरिनेरीको पसलबाट किसानका समस्या समाधान गर्दैछिन् । त्यतिमात्रै होइन आफैले तालिम लिएको पोलिटेक्निमा समेत ल्याव शाखामा उनी कार्यरत छिन् । उर्मिला भन्छिन ,“सीप सहितको शिक्षाले त मेरो जिवनमा कायापलट गरिदियो । शिक्षा भनेको व्यवसायिक र प्रविधिमैत्री लिनुपर्ने रहेछ भन्ने ज्ञान पनि सिकेँ । अझै माथिल्लो तहको कक्षा लिएर भेटरिनरी डाक्टर नै बन्ने इच्छा थियो तर परिस्थितीले त्यो सम्भवन गराएन । ”
एक छोरी सहितको परिवारमा श्रीमान् पनि सिटिइभिटीले दिएको तालिमबाट दक्षता हासिल गरी यही क्षेत्रमा काम गरिरहेका छन । अहिले जीवन जिउने एउटै रथ जस्तै परिवार खुसी सँगै आत्मनिर्भर छ ।
पहिला हाम्रो समाजमा पढेर पाएको प्रमाणपत्र अरुलाई इज्जत देखाउने हो भन्ने बुझिन्थ्यो । तर समय अहिले फेरिएको छ । प्रमाणपत्र सीप सहितको हुनुपर्छ भन्ने अवधारण ल्याएको सीटीइभीटीबाट सम्वन्धन लिएर विस २०५२ सालमा नेपाल पोलिटेक्नीक इन्स्टीच्युट भरतपुरमा स्थापना भयो । कृषि, इन्जिनियरिङ र स्वास्थ्य क्षेत्रका विभिन्न विधामा प्राविधिक शिक्षा दिने यहाँबाट हालसम्म करिव ६ हजार विद्यार्थी पासआउट भएको चिफ एडमिन अफिसर शिवप्रसाद सुवेदी बताए । सुवेदीका अनुसार सिटिइभिटीले गरिब देखि धनी व्यक्तिलाई समेट्ने गरेको छ । शिक्षालयले सन्तानको शिक्षामा लगानी गर्न सक्नेलाई शैक्षिक कार्यक्रम मार्फत र लगानी गर्न नसक्नेहरुका लागि तालिमबाट सीप सिकाइरहेको छ ।
हातमा सीप र सर्टिफिकेट भयो भने जागिर नपाएकै कारण भोकै बस्नु पर्ने अवस्था व्यवसायिक शिक्षा तथा तालिम परिषदले नल्याउने उनको ठोकुवा छ । गरि खाने शिक्षा भनेकै प्राविधिक शिक्षा रहेको र यसप्रति आकर्षण वढ्दो रहेको बताउँदै सीप सहितको शिक्षा लिनेहरु ४० प्रतिशत स्वरोजगार भएका छन् भने ६० प्रतिशत एनजिओ आइएनजिओ लगायतमा जागिरे जिवन बिताइरहेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८