• फागुन ६, २०८१, मंगलवार Tuesday, 18 February, 2025

चितवनमा थप २४ जनामा कोरोना पुष्टि


चितवनमा थप २४ जनामा कोरोना पुष्टि

कार्तिक–७, २०७७

चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

सोमवार र मंगलवार गरिएको परिक्षणमा चितवनका २३ सहित २४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रयोगशालाका अनुसार भरतपुरका ६ पुरुष र ४ महिला गरि १० जना, रत्ननगरका १ पुरुष, खैरहनिका २ पुरुष र २ महिला गरि ४ जना, राप्तीका ३ पुरुष, कालिकाका १ पुरुष ४ महिलागरि ५ जना समेत गरि २३ जना रहेका छन ।

यस्तै अन्य संक्रमित हुनेहरुमा नवलपरासीका १ पुरुष समेत गरि जम्मा २४ जना रहेका छन । संक्रमितहरु १७ देखि ७६ बर्ष सम्मका रहेकोका छन।

भरतपुर अस्पताल, पुरानो मेडकल कलेज र विभिन्न क्वारेन्टिनबाट संकलन गरिएका १४६ नमुनाको परिक्षण गर्दा १२२ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने २४ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

  • प्रकाशित मिति : कात्तिक ७, २०७७, शुक्रवार ०९:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८