कार्तिक–६, २०७७
चितवन । पछिल्लो २४ घण्टामा १५ हजार २५५ नमुनाको परिक्षण गर्दा ३ हजार ६३७ जना कोरोना संक्रमित थपिएका छन् ।
आज ३ हजार ६३७ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितहरूको संख्या ४४ हजार ८७७ रहेको छ । ति मध्ये होम आइसोलेसन अर्थात घरमै रहनेको संख्या ३१ हजार ५३८ रहेको छ भने संस्थागत आइसोलेसनमा १३ हजार ३३९ जना रहेको स्वास्थ तथा जनस्वास्थ मन्त्रालयले जनाएको छ ।
यस्तै चितवनमा ७६, काठमाण्डौं उपत्यकामा १५५२ मध्ये काठमाण्डौंमा १२८३ भक्तपुरमा ११२ र ललितपुरमा १५७ रहेका छन् । हाल देशभरमा २९० आईसियुमा छन् भने ७७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।
पछिल्लो २४ घण्टामा ३२१५ जना निको भएर घर फर्केका छन् । योसँगै निको भएर घर फर्कनेको जम्मा संख्या १ लाख २ हजार ८२० पुगेको छ । यो ६९.२ प्रतिशत हुन आउँछ ।
विगत चौविस घण्टामा देशभरमा २१ जनाको मृत्यु भएकोे छ । योसंगै कुल मृत्युहुनेकोे जम्मा संख्या ८१२ पुग्यो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८