• फागुन २२, २०८०, मंगलवार Tuesday, 05 March, 2024

गर्भवती कोरोना संक्रमित महिलाको मृत्यु

  • खबरदाता

गर्भवती कोरोना संक्रमित महिलाको मृत्यु

कार्तिक- ६ ,चितवन

चितवनमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ ।
तनहुँ जिल्ला शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर जिल्ला हेटौडा –५ बस्ने ३३ वर्षीय महिलाको भरतपुर अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
३७ हप्ताको गर्भवती महिलामा असोज ३० गते कोभिड १९ संक्रमण पुष्टी भएको थियो । खोकी, श्वासप्रश्वाशमा समस्या लिएर अस्पतालको आइसोलेसनमा भर्ना भएकि उनको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कोभिड आइसीयुमा राखेर भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको थियो । उपचारकै क्रममा शुक्रवार विहान निजको मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

  • प्रकाशित मिति : कात्तिक ६, २०७७, बिहीवार ०३:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८