• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

म्याद नाघेका बरामद सामाग्री नष्ट

  • खवरदाता

म्याद नाघेका बरामद सामाग्री नष्ट

कार्तिक–४, २०७७

चितवन । दसैँ लक्षित बजार अनुगमनका क्रममा चितवनमा बरामद भएका म्याद सकिएका खाद्यतथा पेय पदार्थहरुको आज नष्ट गरिएको छ । गत असोज १७ गतेदेखि कार्तिक ३ गतेसम्म जिल्लाका सवै स्थानीयतहका मुख्य ठाउँहरुलाई केन्द्रीत गरी बजागर अनुगमन गरिएको थियो ।

सो क्रममा विभिन्न ठाउँबाट एक ट्याक्टर म्याद नाघेका खाद्यतथा पेय पदार्थ, सुर्ती, बियर लगायत बरामद गरिएको घरेलु तथा साना उद्योग कार्यालय चितवनका निमित्त प्रमुख उद्योग अधिकृत नारायण प्रसाद लम्सालले जानकारी दिए । आज कार्यालय परीसरमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण, उपभोक्ता अधिकार संरक्षण मञ्च, नेपाल प्रहरी, कोष तथा लेखा नियन्त्रक कार्यालय र पत्रकारहरुको रोहवरमा नष्ट गरिएको हो ।

यस पटक पहिलो चरण भएकाले व्यवसायीहरुलाई सचेत गराएर छाडिएको र दोस्रो पटकको अनुगमनमापनि नियमहरुको पालना नगरे कारवाहीगर्ने लम्सालको भनाई छ । उनका अनुसार प्रदेश र संघको संयुक्त अनुगमन टोलीले यस पटक चितवनमा बजार अनुगमन गरेको थियो ।

  • प्रकाशित मिति : कात्तिक ४, २०७७, मंगलवार ११:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८