• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

साँसदलाई दसैँ भत्ता, चेपाङ्गलाई ऋण !

  • खवरदाता

साँसदलाई दसैँ भत्ता, चेपाङ्गलाई ऋण !

कार्तिक–३, २०७७
चितवन । कोभिड १९ र लकडाउनले जनता आकुल व्याकुल छन् तर साँसदहरुको वैँक खातामा भने दसैँ भत्ताले घण्टी बजाइरहेको छ । तिव्र आलोचना पछि दसैँ भत्ताफिर्ता गर्ने विज्ञप्ती निकाल्ने लहर एकातिर छ भने अर्कोतिर सीमान्तकृत चेपाङ जातिहरु दसैँ दसावन्ने भयो भन्दै चिन्तामा छन् ।

नैतिकताले घेरिएका सांसदहरु संचारमाध्यम र पत्रपत्रिकाले कुरा उठाएपछि लाजकाजले रकम त केही ले फिर्ता गरेका छन् तर गरिव, विपन्न र सीमान्तकृत जनतालाई ऋणविना पनि चाडपर्व मनाउन सक्ने कहिले बनाउँछन् ? ।

दसैँ आयो घटस्थापनको दिन राहतपाउने लाइनमा भेटिएकी चितवनको इच्छाकामना गाउँपालिका १ की रामकुमारी चेपाङको आँखा रसाउँदै थिए । आँसु झर्न नपाउँदै पत्रकारको प्रश्न रोकिएपछि रसाउँदै गरेका आँशु झर्न त पाएन तर सुक्नभने निकै समय लाग्यो । श्रीमानको मृत्युपछि सन्तान उनकै जिम्मामा छन् । ३ छोरी १ छोरा उनीहरुको खुशीका लागि उनि संघर्षरत छिन । “के गर्ने सर ? ६ महिना अनिकाल ६ महिना सहकाल । न जोत्ने छ न कमाउने ।” रामकुमारी छोरा कहिले ठुलो होला र वारी जोत्ला अनि उत्पादन बढाउन सकिएलाभन्ने पखाईमा छिन । यस पटकको दसैँ मान्न ऋण खोज्दै गरेको बताउछिनर ।

कोदो र मकै विक्रि गरेर आएको पैसाले चामल किनी दसैँ मनाउने अधिकाँश चेपाङहरु अहिले समस्यामा छन् । वर्षभरी ज्याला मजदुरी गर्ने र कमाएको पैसाले दसैँ मान्ने चितवन इच्छा कामना गाउँपालिका १ का चेपाङहरु यस पटक लकडाउन र कोरोनाले काम विहीन भएर आम्दानीको बाटो गुमेपछि दसैँ मान्न अहिले ऋणको खोजीमा भौँतारिएका हुन ।

सोही ठाउँका ललिमान चेपाङको पनि पीडा उस्तै छ । पोहोर परार कोदो मकै राम्रै भएपनि यसपटक पानीले उत्पादन घट्यो । त्यही बेचेर चामल किन्ने र दसैँमामुख फेर्ने धोको अधुरै रहने चिन्ताले सताइरहेको छ । राहतबाट चामल पाएपछि दसैँको मुख्य तीनदिन राम्रो सँग मान्नपाइने भन्दै खुसी भएका उनिहरु देशमा गणतन्त्र आएको तिर त्यतिध्यान छैन । ध्यान पुर्याउन त उनिहरुलाई फुर्सद छैन । न गणतन्त्र सम्झाउने गरी सरकारले कुनै परिणाममुखि कार्यक्रमदिएको छ ।

अर्कादिपक चेपाङको पनिअवस्था उस्तै छ । ऋण काढेरै दसैँ मनाउने तयारीमा रहेका उनिपनि राहतको लाइनमा छन । दलबहादुर चेपाङ काँक्रो खेती गरेर बचत भएको रकमले परिवारलाई नयाँ कपडा किनिदिने तयारीमा छन । तर कोभिड १९ र लकडाउनले त्यति सजिलो भने नभएको उनि बताउछन । “काँक्रो बेचेको केही पैसा छ । श्रीमती र छोराछोरीलाई एक जोर नयाँ कपडा किनिदिने योजना छ ।”

शिक्षा, उचित स्वास्थ्य लगायत आधारभुत अधिकारबाट नै बन्चित यहाँका चेपाङहरुको स्थायी रोजगारी त छँदै छैन । सन्तान धेरै तर उत्पादन र आम्दानी कमहुँदा सधैँ समस्यामा छन् । सधैँ अनिकालमा बाच्नवाध्य चेपाङहरुको पीडामा मलमलगाउन यस पटकको दसैँमाभने सपना भिलेज सोसियल इम्प्याक्ट सौराहा चितवन त्यहाँपुगेको छ । जसले ६६५ घरधुरीलाई खाद्यन्न वितरण गरेर दसैँमा केही खुसी थपिदिएको छ । अध्यक्ष धुव्र गिरीले यहाँको अवस्था देखेरै आफूहरुले आर्थिक, शैक्षिक सामाजिक लगायतको परिवर्तनका लागि कार्यक्रम गरेको बताए ।

समग्र वस्तीकै जनजीवनमा पविर्तन ल्याउन २०७६ माघ १ गतेबाट सवै यात्राको सुरुवात एक सपनाबाट सुरु हुन्छ भन्ने ३ वर्षे परियोजना जारी छ । यसैले सामाजिक आर्थिक मनोवैज्ञानिक रुपमा विस्तारै परिवर्तन ल्याएको छ । कार्यक्रमका निर्देशक सुजन वस्नेतका अनुसार कार्यक्रम अघि फोहार मैलामै वस्ने, रोगहरु लाग्दापनि झारपफुकमा भुल्ने, विद्यालय नपठाउने, सानै उमेरमा विहे गर्ने लगायतका समस्या विस्तारै समाधान हुँदै गएको छ । तर केन्द्र सरकारको आँखा नपर्दा परिवर्तन हुननिकै समय लाग्नेछ । ग्रामीण क्षेत्र पर्यटनका लागि साथै कृषिका कार्यक्रम लैजान सके उनीहरुको अवस्थामाथि उठ्ने वस्नेत बताउँछन् । अहिले परियोजना मार्फत त्यहाँफल्न सक्ने फलफूलका विरुवा, वाख्रा वितरण लगायतका कार्यक्रमहरु जारी छन् ।

अन्य समय दुखैदुख भएपनि चाडपर्वमा त खुसीआउन पर्ने हो तर कोभिड १९ र लकडाउनले दसैँमा थप दरदनाक पीडा थपिने भय भएपछि गाउँपालिका अध्यक्ष गिताकुमारी गुरुङले पनि राहतका लागि आग्रह गरेपछि परियोजना संचालन भएको क्षेत्रमा खाद्यन्न वितरण गरिएको छ । ६६५ घरधुरीले खाद्यन्न पाएपछि दसैँमापनि मकैको भात र ढेडो खानुपर्ने होकीभन्ने डरबाट केही राहतमिलेको बताएका छन् ।

तर सधैँ राहत र सहयोगको पर्खाइमा वस्न वाध्य चेपाङहरुको दैनिकी परिवर्तन गर्न कहिले होला केन्द्र सरकारको ध्यानजाने र परिणामुखि कामदिने ? अनिकहिले होला चाडपर्व आएपछि ऋण खोज्नुपर्ने वाध्यताको अन्त्यहुने र खुसी साथ चाडपर्व मनाउने ?

  • प्रकाशित मिति : कात्तिक ३, २०७७, सोमवार ०९:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८