• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

होमस्टेले फेरिएको दैनिकी, सहयोगको आशामा छन् स्थानीय

  • खवरदाता

होमस्टेले फेरिएको दैनिकी, सहयोगको आशामा छन् स्थानीय

कार्तिक–२, २०७७

चितवन । जनदिश पुरी ५० वर्षको भए । इच्छाकामना गाउँपालिका नाम सुन्दाजति राम्रो लाग्छ, वडानम्वर १ को हात्तीवाङ त्यतिनै विकट छ । इच्छाकामना नारायणगढ मुग्लिङ सडक देखि चितवनको सगरमाथा सिराइचुलीसम्म यसको क्षेत्रफल छ । तर धेरैलाई इच्छाकामना भन्नासाथ सडक किनारको याद आउँछ ।

तर कुनै समय हात्तीबाङबाट सदरमुकाम भरतपुर आउन एक दिनलाग्थ्यो भन्दा पत्याउन नसकिएला । तत्कालिन काउले गाविस रहेको उक्त ठाउँका स्थानीय हिँडेर सदर मुकाम आउन र काम फच्चे गराएर फर्कन २ दिनको समय पुरै लाग्थ्यो । तीदिन सम्झदै पुरी भन्नछन्“ धेरै दुख र समस्या थियो । यो विकट नै ठाउँ हो । हिँडेर जानु पर्दा काम सक्नै ३ दिन सम्म लाग्थ्यो ।”

त्यसैले सरकारी कर्मचारीहरुपनि कमै जाने त्यहाँ गइहालेपनि पुरीकै घरमा वस्ने गर्दथे । पाहुनाको रुपमा राख्दै र सेवादिँदै आएका पुरीले टिआरपी कार्यक्रमले होमस्टे अवधारण ल्याएपछि विस्तारै जिवनस्तर सुधारीदै आएको छ । जीवनस्तर सुधार सँगै दुखका तीदिन मेटिदै गएको उनि बताउँछन् ।

होमस्टेमा परिवारका सदस्यलेपनि काम पाउनुभएको छ । फत्तकुमारी पुरी खाना पकाउने र पाहुनालाई दिने काममा व्यस्त छिन । पहिला तरकारी र खेती किसानमा सीमित हुनुभएका महिलाहरु अहिले व्यवसायिक तरकारी खेती तथा पशुपालनलाई व्यसायिक रुपमा अगाडि वढाएका छन् ।

सिराइचुली चितवनको सगरमाथा हो । जहाँबाट विहानको सुर्योदय हेर्न सकिन्छ साथै चेपाङ हिल टे«किङ पनिगर्न सकिने हात्तीवाङमा अहिले ग्रामीण पर्यटन प्रवद्र्धन गर्न होमस्टे संचालन गरिएको छ । पुरीको सहित उक्त ठाउँमा १० वटा होमस्टे त्यहाँ छ । सडक नआउँदा विकट रहेको उक्त स्थानमा अहिले कच्ची सडक पुगेको छ । गाडी चलेको छ । यसले पर्यटक आउने जाने गर्दा दैनिकी फेरिएको हो ।

१ सय जना धेरै पर्यटकलाई एकैचोटी सेवादिएको सम्झदै पुरीले चेपाङ,गिरी, पुरी, मगर, वाहुन जातिको वसोवास छ । पर्यटक आउनासाथ सवै मिलेर स्वागत सत्कार गर्ने र जातजातीको सांस्कृतिक प्रस्तुतीले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

अर्का होमस्टे संचालक पूर्ण प्रसाद आचार्यका अनुसार कोभिड १९ का कारणले अहिले पर्यटक छैनन् । तर अन्य समय इटाली, फ्रान्स,जर्मनी, भारतबाट समेत पर्यटक पुग्ने गर्दथे । सौराहामा आएका केही पर्यटकलाई त्यहाँ सम्म पुर्याउने गरिएको छ । यही नै आम्दानीको महत्वपूर्ण स्रोत हो ।
होमस्टे संचालनमा आएपछि सोही ठाउँमा उत्पादीत तरकारी, फलफूल, दुग्ध जन्यपदार्थ विक्रिमा सहजभएको छ भने स्थानीय कुखुरा पाल्न लागिपरेका छन् । यसले आम्दानी त वृद्धि गराएको छ साथै आत्मनिर्भर गराउन पनि सहयोग पुर्याएको छ । होमस्टे संचालन र सडक नपुग्दाका समय उत्पादन भएका वस्तुहरु खेर जाने कुहीने समस्या थियो अहिले त्यो समस्या विस्तारै दुर भएको छ ।

अहिलेसम्म आफ्नै खर्चमा होमस्टे स्थापनासँगै संचालन गरेका हात्तीवाङका स्थानीय सरकारी सहयोगको पर्खाइमा छन् । सरकारबाट सहयोग प्राप्तभए होमस्टेका कोठाहरु अझ व्यस्थित गराउने, पक्की शौचालय सहित वाथरुमकोठा निर्माण लगायतका अन्यकार्यबाट पर्यटकलाई धेरै दिनवसौँ वसौँ गराउने उनीहरुको चाहाना छ । त्यस्तै देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा आएका पर्यटकलाई कम्तिमा सिराइचुली पुर्याउन सके ग्रामीण पर्यटनसँगै कुनै समय विकटको उपमा पाएको हात्तीवाङको मुहार फेरिने थियो ।

यता इच्छाकामना गाउँपालिका अध्यक्ष गितादेवी गुरुङले जिल्ला समन्वय समिति सँग कुरा भइरहेको र प्रदेश सरकारसँग पनि सिराइचुली सम्मपुग्न सिँढी निर्माण देखि अन्य संरचना निर्माण र थप व्यस्थित वनाएर प्रचारप्रसार गर्न तयारी भइरहेको बताउँदै होमस्टेका लागिपनि प्राथमिकतामा राखेको बताईन । कोभिड १९ को संक्रमण जोखिम कमहुँदै गएपछि यसको विकासमा लाग्ने र थप योजना सहित चेपाङहरुकोपनि आर्थिक स्तर उकास्ने गरी कामगर्ने बताईन ।

  • प्रकाशित मिति : कात्तिक २, २०७७, आइतवार ०५:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८