• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चाडपर्वले कोरोना गाउँगाउँ पुरर्याउँदै !

  • खवरदाता

चाडपर्वले कोरोना गाउँगाउँ पुरर्याउँदै !

आश्विन–२८, २०७७

काठमाडौं । नेपालको संघीय राजधानी काठमाडौं उपत्यका अहिले कारोना संक्रमणको अग्रस्थानमा छ ।

स्वास्थ्य मन्त्रालयले दैनिक सुनाउँने गरेको कोरोना संक्रमितको विवरणमा आधा भन्दा बढी काठमाडौं उपत्यकाकै हुने गरेको छ ।

काठमाडौं जस्तो घना बसोबास भएको ठाउँमा कोरोना रोकथामका लागि अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाको सामान्य मापदण्ड पनि कसैले पालना नगर्दा समस्या देखिएको हो ।

कोरोनालाई हल्का रुपमा लिदै खुलेयाम हिँडन थालेका छन् । सार्वजनिक सवारी साधान भरिभराउ हुन थालेको छ । अब झन के चाहियो र ? सरकारले नै सार्वजनिक यातायातका साधनमा सिट क्षमता अनुसारै यात्रु राख्न दिने निर्णय गरेको छ ।

असन,इन्द्रचोक लगायतका बजारमा बिहानैदेखि रातिसम्म भीडभाड हुने गरेको छ । जताजतै भीडभाड देखिन्छ । संक्रमणको ग्राफ र काठमाडोंवासीको दैनिकी हेर्दा अवस्था अझ भयावह हुने देखिन्छ ।

एक व्यक्तिमा कोरोना देखिँदा देशव्यापी लडकडाउन घोषणा गरी जनजीवन ठप्प पार्ने सरकार अहिले एकैदिनमा ५ हजारभन्दा बढी संक्रमित थपिदा पनि थुपचाप छ । अरु त अझ कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएम) चुपचाप बसेको देख्दा आश्चर्यजनक छ ।

संक्रमण तीब्र गतिमा बढिरहँदा पनि सीसीएमसीले बैठकसमेत बोलाएको सुनिएको छैन । दुई चार जनामा संक्रमण देखिँदा रातारात आपत्कालीन बैठक बसी कोरोना रोकथामको निर्णय गर्ने सीसीएमसी गुमनाम छ ।

प्रधानमन्त्री स्तरबाट कुनै ठोस प्रयास हुनु पर्ने हो तर उनि आफै कोरोना विशेषज्ञको रुपमा बेसारपानीको सेवन र जडिबुट्टीको बारेमा सल्लाह सुझाव दिदैमा फुर्सद छैन । स्वास्थ्य मन्त्रालयको काम दिनहुँ पत्रकार सम्मेलन गरेर संक्रमितहरुको संख्या भन्ने काममै सीमित छ ।

सीसीएमसीले मात्र होइन सरकारले पनि महामारीलाई अत्यन्तै हलुकासँग लिएको छ । दशैंलगायतका चाडपर्व आउँदै गरेकाले काठमाडौंमा रहेका मानिसहरु आआफनो थातथलोमा फर्कन थालिसकेका छन् ।

चाडपर्वले कोरोना भाइरसलाई एक ठाउँबाट अर्काे ठाउँमा पु¥याउन मद्दत गर्ने देखिन्छ । संक्रमितको संख्या बढ्न थालेपछि सांसदहरुले पनि कडा लकडाउनदेखि नाका सिल गर्नेसम्मको सुझाव दिएका छन् ।

यस्तो अवस्थामा सरकार नियुक्तिमा अल्झिने होइन संवेदनशील भएर कोरोना नियन्त्रणमा आफ्नो शक्तिको प्रयोग गर्नु देश र जनताका निम्ति हितकर मानिन्छ । –वर्णन

  • प्रकाशित मिति : असोज २८, २०७७, बुधवार ०३:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८