• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

स्वर्गको टुक्रा नखोस्न मेघौली वासीको आग्रह

  • खवरदाता

स्वर्गको टुक्रा नखोस्न मेघौली वासीको आग्रह

आश्विन–२७, २०७७

चितवन । कुनै वेला वेलायतकी महारानी एलीजावेथ सहित अन्र्तराष्ट्रिय पर्यटकहरु अवतरण गर्ने र दैनिक १० वटासम्म उडान भएको रेकर्ड रहेको विमान स्थल गौचरन वन्ने चिन्ता थपिएको छ भन्दाझट्ट विश्वास नलाग्ला । तर केन्द्र तहमा प्रतिनिधित्व गर्ने जन प्रतिनिधिहरुले बाचा भुलेपछि स्थानीयमा अहिले यही चिन्ता थपिएको छ ।

देश विदेशका पर्यटक विमान स्थलमा अवतरण गरी आउने जाने लहरले मेघौलीको मुहार फेरिदै गएको थियो । चितवन राष्ट्रिय निकुञ्ज भित्र होटल संचालनगर्न नपाउने नियम आएपछि ७ वटा ठूला होटल वन्दभए । भरतपुर विमान स्थलका प्रमुख योगेन्द्र कुँवरका अनुसार सदरमुकामबाट २५ किलोमिटर पश्चिममा २३ विघा क्षेत्रफलमा फैलिएको विमान स्थल विस सम्वत २०१९ सालमा स्थापना भएको थियो । ३५०० फिट लम्वाई र १५० फिट चौडाई धावन मार्ग भएको विमान स्थल २०६६ साल जेठवाट नियमित उठान ठप्प भयो । यो सँगै मेघौलीर्लाइ स्वर्गको टुक्रा वनाएको विमान स्थलको दुर्गतीपनि सुरु भएको राधाकृष्ण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष एवम निवर्तमान सर्वदलीय टिमका गाविस प्रतिनिधि वेदनीधि सुवेदीले बताए ।

सौराहा पछिको अर्को उत्कृष्ट पर्यटकीय गन्तव्यहो मेघौली । सुर्याअस्तको दृश्यावलोकन गर्ने, नारायणी र राप्तीको संगममा रमाउने साथै निकुञ्ज मध्यवर्ती घुमेर मज्जा लिने महत्वपूर्ण स्थलहो भने होटलहरु खुलेका समय अन्तराष्ट्रिय हात्तीपोलो समेत हुने गर्दथ्यो । उडानवाट आउने पर्यटककै कारण यहाँको व्यापार व्यवसाय फस्टाएको थियो भने धेरैले रोजगार पाएका थिए । तर अहिले बेरोजगार वनेर युवाहरु विदेश पलायन भएको स्थानीय नन्दकला भण्डारीले बताईन ।

२५ सीटका साना जहाज चल्ने विमान स्थलमा बनेका संरचना भत्कीन लागेका छन् । एटीसी टावर र टर्मिनल भवन चालु अवस्थामै रहेपनि मैदानको अवस्था विग्रदो छ । काँडे तार लगाएर जमिन त घेरिएको छ तर नियमित विमान उडेनन् । चुनावमा भोट माग्नआउँने समय सवैले मेघौली विमान स्थलको स्तरोन्नती सहित नियमित संचालन गर्ने बताए । तर जितेर गएसँगै वाचा भुलेको स्थानीयको आरोप छ । स्थानीय भण्डारीका अनुसार विमानस्थल संचालन गर्नुपर्ने माग सहित यस अघि हस्ताक्षर अभियान चलाउँदा सहि गरेर पठाएको बताए ।

वेधनिधि सुवेदीअझैपनि तत्कालिन अर्थमन्त्री भतर मोहन अधिकारी सहितलाई यसको दीर्घकालिन योजना बनाएर स्तरोन्नतीगर्न फाइल वुझाएर आश्वासनपाई फर्किएको सम्झन्छन् । भरतपुर विमान स्थभएको ठाउँमा मनोरन्जन केन्द्र गराउने र मेघौलीलाई स्तरोन्नतीगर्न भनी पटक पटकमाग गरेपनि सुनुवाई नभएको बताए । उनले भरतपुर भन्दा मेघौली विमानस्थल कम लागतमा स्तरोन्नती सहित राम्रो विमान स्थल बनाउन सकिने बताउछन् । भरतपुर भन्दा कम रकमको मुआव्जा र स्थानीय खोलानदीको सामाग्री प्रयोगले लागतपनि घट्ने र तिव्र शहरीकरण भन्दा पर रहेको उपयुक्त स्थान भएपनि प्राथमिकतामा नपरेको बताउछन् ।

एउटै स्थानीय तहमा दुई वटा विमान स्थलभएको भाग्यमानि स्थानीय सरकार भएपनि मेघौलीलाई वेवास्था गरिएको मेघौलीवासीको गुनासो छ । कहिले काहिँ नेपाली सेनाको जहाज अवतरण वाहेक अन्यकुनै प्रगति छैन । नियमित संचालनमा आए मेघौली वासीका दुखहरु कमहूँदै जाने बताउछन् अर्का स्थानीय एवम होमस्टे संचालक देवकुमार महतो ।

भरतपुर विमान स्थलका प्रमुख कुँवरका अनुसार चार्टड उडानहरु अझै पनि हुन्छन् । तर नियमित उडान हुन नसक्नु दुखद छ । निकुञ्ज भित्रका ठूला होटलहरु खुलेमात्रै नियमितहुने तर त्यहाँका सर्वसाधरणका लागि नहेरिने गर्दा आक्रोश वढिरहेको छ । त्यसो त निकुञ्ज भित्रको हाटेलहरु खुल्न पर्नेमा स्थानीयको जोड छ । स्थानीयसँग समन्वय हुँदा सामाजिक विकासका कार्यहरु भएको र मेघोलीले विकासमा गतिलिएको सुवेदी बताउछन् । सरकारले होटल संचालगर्न दिनुपर्ने उनको भनाई छ ।

त्यसो त वडामै जनप्रतिनिधि आएर पहल नभएको होइन । तर भरतपुर २७ का वडाअध्यक्ष गोविन्द तामाङ केन्द्रमा वसेर सत्ता चलाउनेले स्वीकार नगरिदिएपछि जति पहल गरेपनि नहुने बताउछन् । पटक पटक महानगरपालिका, प्रदेश र केन्द्र सरकार धाएको धायैभएपनि सुनुवाई नभएको उनको गुनासो छ । देशको सत्ताहाँक्नेले स्वीकार नगरिदिँदा स्थानीय सरकारले पहलवाहेक केहीगर्न नसक्ने उनिँ बताउछन् ।

भरतपुर विमान स्थलको स्तरोन्नती गर्न प्रचण्डले चासो दिँदा अस्त व्यस्त मेघौली विमान स्थलमा कुनै पहल नगरदिएको गुनासो गरेका स्थानीय, सरोकारवालाले मेघौली विमान स्थल एकादेशको कथा नवन्दियोस भन्ने कामना गरेका छन् । अझै पनि प्रचण्डजीको अवधि वाँकी भएकाले पनिआफूहरुलाई आशा रहेको स्थानीयले बताएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालले निकुञ्ज भित्र कुनैपनि सेवा होटल संचालन गर्नुपरे प्रतिस्पर्धामा छनौट भएर गर्न सकिने बताए । निकुञ्जको चौथो संशोधनबाट यो नियम रहेको बताउँदै विस २०२२ मा राणाहरुसँग शिकार गर्न विदेशीहरु आउने गरेको र विस २०३० सालमा टाइगर टप्स होटल स्थापनाभयो । वाँकी होटलहरु पछि स्थापनाभए । खुल्ला प्रतिस्पर्धाबाट होटल संचालन गर्नदिने चौथो संशोधनबाट व्यवस्था रहेको उनले बताए ।

  • प्रकाशित मिति : असोज २७, २०७७, मंगलवार ११:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८