• जेठ १४, २०७९, शनिवार Saturday, 28 May, 2022
centreal college

रसिद खानको घातक वलिङ माथि हैदरावादको सहज जित

  • संबाददाता

रसिद खानको घातक वलिङ माथि हैदरावादको सहज जित

आश्विन–२३, २०७७

जोनी वारिस्टको ९७ रनको सहयोगमा सनराइजर्स हैदरावादले आइपिएलको बिहीबार भएको खेलमा किङ्स पन्जाब ११ लाई ६९ रनले पराजित गरेको छ । २ सय २ रनको लक्ष्य सहित ब्याटिङ गरेको पन्जाब १६.१ ओभरमा सबै विकेट गुमाउँदै १३२ रनमा सीमित भयो । पन्जाबका निकोलास पूरणले ३७ बलमा ७७ रन जोडे । उनले ५ चौका र ७ छक्का प्रहार गरे । यस खेलमा रसिद खानले ४ ओभरमा १२ रन खर्चिँदै तिन विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादका लागि वारिस्ट र कप्तान डेभिड वार्नर मिलेर पहिलो विकेटका लागि १६० रनको साझेदारी गरे पछि सो टोलीले ६ विकेटको क्षतीमा २०१ रन जोडेको थियो । वार्नरले ४० बलमा ५२ रन जोडे । वारिस्ट सो खेलमा म्यान अफ द म्याच घोषित भए ।

कुनै समय २२० को आसपास पुग्ने अनुमान गरिएको सो पारीको डेथ ओभरमा लेग स्पिनर रवि विस्नोइ र बायाँ हाते योर्कर विशेषज्ञ आर्सदिप सिंहले उत्कृष्ट बलिङ गरे । सिंहले ४ ओभर बलिङ गरेर ३३ रन खर्चेर दुई विकेट लिए । पहिलो स्पेलको एक ओभरमा १८ रन खर्चेका विस्नोइले दोस्रो स्पेलमा ११ रन खर्चेर तिन विकेट लिए । जित पछि हैदरावाद ६ अङ्क सहित तेस्रो स्थानमा उक्लेको छ, पन्जाब २ अङ्क सहित पुछारमा छ ।

  • प्रकाशित मिति : असोज २३, २०७७, शुक्रवार ०२:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८